मृगौला पिडित प्रकाश वि.क.लाई अर्घाखाँचि समाज अष्ट्रेलियाको  सहयोग  

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : बुधबार, असार १३, २०७५
अर्घाखाँचि जिल्ला मालारानि गाउँपालिका वार्ड नं १ (साविक मरेंग गा.वि.स.वार्ड नं ४)  निबासी मृगौला रोगि १८ बर्षिय प्रकाश बि.कलाई अर्घाखाँची समाज अष्ट्रेलियाले आर्थिक सहयोग गरेको छ ।  दुवै वटा मृगौला कामै नलाग्ने गरि पिडित बि.कको हाल भक्तपुर अस्पतालमा डयोलोसिस सुरु गरिएको छ ।  बि.कलाई अष्ट्रेलियामा रहेका सहयोग मनहरु बाट संकलित रकम  एक लाख तेत्तिस हजार छ सय सत्तरी पिडितको नाममा खोलिएको बैंक खातामा जम्मा गरि भौचर मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा गइ उनलाई हस्तान्तरण गरिएको अर्घाखाँची समाज अष्ट्रेलियाको तर्फबाट मिन भुषालले द नेपाली टाईम्स अष्ट्रेलियालाई जानकारी दिएका छन् । उक्त रकम छोटो समयमा ( जुन ९ देखि १२ सम्ममा ) अर्घाखाँची समाज अष्ट्रेलियाको अनुरोधमा संकलन  गरिएको थियो।
भुषालका अनुसार उनको अबको ३ महिना सम्म उक्त अस्पतालमा  डयोलोसिस गर्दै  मानव अंग प्रत्यारोपण केन्द्रमा लगि सबै प्रकृया पुरा गरि मृगौला ट्रान्सप्यालेण्ट नगर्दा सम्म उनिको स्वस्थमा सुधार हुन नसक्ने पनि अस्पतालले जनाएको छ ।  उनलाई थप आर्थिक सहयोगको अझै आबश्यक रहेको र इच्छुकले उनको कृषि विकास बैंक लि. भक्तपुर,दुधपाटि शाखा बचत खाता नं :०२१२२०१२६५७२६००७, खाता वालाको नाम: प्रकाश वि.क.  रकम जम्मा गरि सहयोग गर्न सकिने छ।