दोश्रो साउथ अस्ट्रेलियन नेपाली डान्सिङ्ग स्टार कार्यक्रम सम्पन्न

-- गोकुल ढकाल | एडीलेड | नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : सोमवार, साउन ७, २०७५
गत जुलाई १५ को दिन एडीलेडमा “साउथ अस्ट्रेलियन नेपाली डान्सिङ्ग स्टार” प्रतियोगिताको दोश्रो संस्करण सम्पन्न भएको छ । एडीलेड नेपाल संस्थाको आयोजनामा भएको उक्त प्रतियोगितामा जसु कडरिया डान्सिङ्ग स्टार भएकी छन् । सिनियर तर्फ सोनिया सुब्बाले रनर अप र भर्सटाईल डान्सरको उपाधि पाएकी छन् भने सेकेन्ड रनर अप कबिता बिष्ट भएकी छन । सिनियर ग्रुपको प्रगीयोगिता दुई चरणमा भएको थियो जसमा प्रस्तिस्प्रधि बाट फाईनल राउण्डमा ६ जना गएका थिए ।
दिउसो ११ बजे देखि कोलोभेलि पार्क मेमोरियल कम्युनिटी सेन्टरमा भएको सो कार्यक्रममा बालबालिकाको ग्रुपमा कृषला गौतम जुनियर स्टार , प्रनिता श्रेष्ठ रनर अप र गजल ढकाल सेकेण्ड रनर अप भएका छन । बालबालिकाको जुनियर ग्रुपमा १२ वर्ष मुनिका बालबालिकाहरुले सहभागिता लिएका थिए भने सिनियर ग्रुपको प्रतियोगितामा १३ वर्ष भन्दा माथिको उमेर समूहले सहभागिता लिएका थिए ।
अस्ट्रेलियामा नेपाली कला संस्कृतिलाई संवर्धन गर्दै यहाँ रहेका कलाकारहरुमा लुकेर रहेको अन्तर निहित प्रतिभालाई प्रस्फुटन गर्न मंच प्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको एडीलेड नेपालका अध्यक्ष गोकुल ढकालले बताए । बिजेताहरुलाई आकर्षक पुरष्कार राखिएको उक प्रतियोगितामा निर्णायक प्यानलमा चर्चित नायिका तथा मोडल प्रकृति श्रेष्ठ, द नेक्स्ट ग्रुपका चर्चित डान्सर अमित बजर्चार्य र गायक तथा नृत्य निर्देशक लक्ष्मण गुरुङ थिए भने कार्यक्रम संचालन नबिन पन्तले गरेका थिए । आफुले अपेक्षा गरे भन्दा धेरै स्तरिय नृत्यहरु देख्न पाएकोमा आफु खुसि भएको नायिका श्रेष्ठले बताईन । पहिलो संस्करणमा समेत जजको भूमिका निर्वाह गरेका अमित बजर्चार्यले सानो नेपाली समुदाय बिचमा पनि यस्ता धेरै प्रतिभाहरुलाई नजिक बाट चिन्ने अवसर मिलेकोमा आफु हर्षित भएको बताए । अर्का जज लक्ष्मण गुरुङले यहाँ हुर्कदै गरेको दोश्रो पुस्ताका साना बालबालिकाहरुले समेत उत्कृष्ट नृत्य प्रदर्शन गरेको बताउदै यसले नेपाली कला संस्कृति प्रबर्धन गर्न थप टेवा पुग्ने बताए।