Karna Das

बिलकुल भिन्न स्वर र प्रस्तुति सहित नेपाली सांगेतिक फाँटमा एउटा फरक पहिचान बनाउन सफल गायक कर्ण दासको बहुप्रतिक्षित अस्ट्रेलिया यात्रा अब नजिकिदै छ । सिल्भर स्क्रिन, जेनेरेशन मिडिया र द टिमले कर्ण दासको यो यात्राको संयोजन गर्दैछन, गायक कर्ण दास सहितको टोली नयाँ बर्षको अवसर परेर सिड्नी मेलबर्न र एडेलेडका दर्शकहरुको माझ प्रस्तुत हुनेछन । अप्रिलको २२ तारिख सिड्नीबाट शुरु हुने यो सांगेतिक यात्रा मेलवर्न, पर्थ, एडिलेड र ब्रिसवेन सम्म पुग्ने छ ।

उच्च प्रविधिको लाइट, साउण्ड र सिटिङ सुविधा रहेको अन्तराष्ट्रिय स्तरको कार्यक्रम स्थल पारामाटा रिभरसाईड थिएटरमा हुन लागेको सिड्नीको कार्यक्रमको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगिसकेको  छ । ब्यबसायिक भन्दा पनि कलाकारहरुलाई इज्जत दिने उद्देश्यका साथ आफुहरुले अन्तराष्ट्रिय स्तरको कार्यक्रम स्थल चुनेको र यसबाट उठेको रकमको केहि रकम असाहय बालबालिकाहरुको शिक्षामा काम गर्दै आइरहेको संस्था वि-टिम मार्फत खर्च गरिने  पनि आयोजकले बताएको छ ।  एतिहासिक यस कार्यक्रममा सहभागी हुने अवसर नगुमाउन आयोजकले नेपाली संगीतका पारखीहरुलाई अनुरोध गरेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार