डार्बिनमा परोपकारी लोकदोहोरी कार्यक्रम हुदै 

-- कृष्ण रानाभाट | नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : मङ्लबार, कार्तिक २०, २०७५
नर्दन टेरोटेरिको नेपाली समुदायमा बिबिध परोपकारी एबम सामाजिक कार्यमा सबै संग हातेमालो गर्दै आइरहेको एनआरएनए नर्दन टेरोटरि राज्य समिति ( NRNA-NT SCC) ले यहाँका समुदाय देखि नेपाल सम्म बिबिध कुराहरु सहयोगीको भूमिका निर्बाह गर्दै आइरहेको छ । यस अगाडीका समुदाय संग जोडिएका बिबिध कार्यक्रमहरु सफलता साथ सम्पन्न गरिसकेको NRNA-NT SCC ले यस पटक परोपकारीता संग जोडिएको लोकदोहोरी कार्यक्रमको आयोजना गर्दैछ।
आउदो नोभेम्वर ३० शुक्रबारको साँझ दिन नर्दन टेरोटेरि मै पहिलो चोटि हुदै गरेको लाईभ लोक दोहरी सॉझ कार्यक्रममा नेपालका राष्ट्रिय स्तर मै  राष्टि्य ख्याति प्राप्त चर्चित लोक दोहरी गायक एबम सर्जक पशुपति शर्मा र आहिलेकी लोकप्रिय गायिका मन्जु पौडेलका सशक्त प्रस्तुतिहरु हुनेछन् । दोहोरि गित आफैमा एकदमै उत्साहित र जोशिलो कार्यक्रम हो त्यसमा पनि यस क्षेत्रका हस्ती सहितको यो कार्यक्रमले डार्बिनलाई बिल्कुलै भिन्न स्वादमा संगीतमय बनाउने निश्चित रहेको आयोजक संस्थाले जनाएको छ । कार्यक्रम 44 Patterson Street Malak, Harmony Hall मा हुदैछ । नोभेम्वर ३० को साँझ  ५:३० बाट कार्यक्रम स्थल खुल्ला रहनेछ भने  कार्यक्रमको सुरुवात ६:०० बजेबाट हुनेछ ।
टिकट दर २५ डलर (डोर सेल) नेपालबाट आउनु भएका अभिभाबकहरु लाई १५ डलर र बिधार्थीहरुका लागि १० डलर तोकिएको यस लोकदोहरी कार्यक्रमलाई कार्यक्रम NRNA-NT को साथ-साथै  Charles Darwin university मा अध्ययनरत नेपाली बिद्यार्थीहरुको संस्था CDU Nepalese student Association (NSU) ले संयुक्तरुपमा आयोजना गरेका हुन् । कार्यक्रमबाट प्राप्त नाफा रक़म  AussieMed Foundation  नामक परोपकारी संस्थालाई हस्तान्तरण गरिनेछ । AussieMed Foundation एक गैर-नाफा मुलक (not for profit organisation) हो । जसले हरेक बर्ष बिभिन्न खाले फन्ड राइज कार्यक्रम मार्फ़त नेपालमा Humanitarian Medical projects हरु संचालन गर्दै आईरहेको छ ।  एका तिर हाम्रो कला, संस्कृति र रहन सहनको जगेर्ना अर्को तिर स्वस्थ जस्तो संबेदनशिल क्षेत्रमा सहयोग गर्न सकिने कार्यक्रमको आफु पनि एक हिस्सा बनिने भएका कारण पनि NRNA-NT SCC ले डार्विन वरपर बस्ने सबै नेपलीहरु लाई कार्यक्रममा उपस्थिति भई दिनु हुन हार्दिक अनुरोध गरेको छ ।