सिड्नीमा अन्तर्राष्ट्रिय नारी दिवस मनाईदै

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : शुक्रबार, फाल्गुन १७, २०७५

बिगतका बर्षहरुमा जस्तै यस पटक पनि नारी निकुन्ज अष्ट्रेलियाले अन्तर्राष्ट्रिय नारी दिवस  जानकारी र चेतना मुलक  कार्यक्रम सहित मनाउदै छ ।  हाम्रो समाजमा बिध्यमान घरेलु हिंसा तथा मानसीक रोगसम्बन्धी जनचेतना मुलक अन्तरक्रिया कार्यक्रम सहित यस बर्षको नारी दिवस  महिला शसक्तिकरणका लागि काम गरिरहेका अभियन्ताहरु को  उपस्थिति हुन लागेको नारी निकुन्ज अष्ट्रेलियाकी संयोजक प्रतिज्ञा अधिकारीले जानकारी दिईन।

न्युसाउथ वेल्स राज्यको एमपी जोडी मकएको बिसेष उपस्थितिमा अर्की अभियन्ता मोना मकाएलाई प्रमुख बक्ताको रुपमा निमन्त्रणा गरेर सम्पन्न हुदै गरेको उक्त कार्यक्रम आउदो ९ मार्च का दिन दिउसो १ बजे देखि एसफिल्ड ( 73 – 75 Norton Street Ashfield ) हुदैछ। कार्यक्रममा उपस्थित हुनका लागि नारी निकुन्ज अष्ट्रेलियाले सबै दिदि बैनी हरु र दाजुभाई लाई हार्दिक अनुरोध गरेको छ।