नेपाली समाज सिड्नीले वेण्टवोर्थभिलमा नयाँ बर्ष मनाउदै 

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : शनिबार, चैत्र १६, २०७५
सिड्नीको वेस्टमिड र वरपर रहनु भएका नेपाली दाजु-भाइ दिदी-बैनीहरु बिच आपसी एकता र भाइचाराको उदेश्य सहित २०१५ मा स्थापना भएको नेप्लिज कम्युनिटी इन सिड्नी वेस्टमिडले हरेक बर्ष जस्तै यस पटक पनि नेपाली नयाँ बर्ष २०७६ हर्षउल्लास सहित मनाउदैछ । आउदो अप्रिल ६ शनिबारका साँझ ५.३० संचालन हुने उक्त नयाँ बर्ष शुभकामना साँझ Reg Byrne कम्युनिटी सेन्टर ( Fyall Ave, corner of  Darcy Road) Wentworthville मा हुदैछ ।
नेपाली गित, संगति, नृत्य, साना बाबुनानिहरु का  बिबिध मनोरन्जनात्मक एबम ज्ञान बर्दक कार्यक्रमहरु, लाइभ डिजे र नेपाली खानपिनका साथ हुदै गरेको उक्त कार्यक्रममा परिवार सहित सहभागी हुन संस्थाले यस क्षेत्रमा बसोबास गर्नु हुने सबै नेपाली परिवारलाई हार्दिक अनुरोध गरेको छ । ग्लोबल कन्सल्ट मुख्य प्रायोजक रहेको उक्त कार्यक्रमको टिकट या अन्य थप जानकारीका लागि शंकर श्रेष्ठ 0401 398 213 , केशव गौतम 0401 010 330 वा  नेप्लिज कम्युनिटी इन सिड्नी वेस्टमिडका पदाधिकारीलाई सम्पर्क गर्न अनुरोध गरिएको छ।