गल्कोट समाज अस्ट्रेलियाको बार्षिक साधारण सभा सम्पन्न

कृष्ण सुनारको अध्यक्षतामा नयाँ कार्यसमिति गठन 
-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : सोमवार, जेष्ठ ६, २०७६
नेपालको बाग्लुंग जिल्लामा अवस्थिति गल्कोट क्षेत्रबाट अस्ट्रेलियामा रहनु भएको गल्कोटेहरु बिच चार बर्ष अगाडी स्थापित  साझा संस्था गल्कोट समाज अस्ट्रेलियाको बार्षिक साधारण सभा गत मे ५ का दिन सिड्नीको म्यारिकभिलमा सम्पन्न भएको छ । साधारण सभाले आगामी कार्यकालका लागि कृष्ण सुनारकोको अध्यक्षतामा नयाँ कार्यसमिति पनि चयन गरेको छ ।
सर्बसम्मत चयन भएको नयाँ कार्यसमितिमा अध्यक्ष- कृष्ण सुनार , बरिष्ठ उपाध्यक्ष- दिपक अधिकारी, उपाध्यक्ष- लक्ष्मण कुँवर, महासचिब- मनोज अधिकारी, सचिब- जंग कुँवर, कोषाध्यक्ष- याम कुँवर, सह कोषाध्यक्ष- दिपक गौतम, खेलकुद संयोजक- गोर्ख खत्री, खेलकुद सहसंयोजक- मनिष खत्री, संस्कृतिक संयोजक- अन्जेला बिक, आइटि संयोजक- भिम कुँवर हुनुहुन्छ । साधारण सभाले संस्थाको पब्लिक रिलेशन अफिसरको जिम्मेवारीमा सुरेश कुँवरलाई चयन गरेको छ । यसै गरि संस्थाको कार्यकारी सदस्यहरु मा कशम केसी, सृजना मल्ल, हिमाल केसी, र भिम काउछालाई सर्बसम्मत चयन गरेको छ। साधारण सभाले संस्थाको संरक्षकमा दुर्गा कुँवर र सल्लहाकारहरु मा संस्थापक अध्यक्ष निरज भण्डारी, यसै गरि चेतन सुनार, थम्मन कुँवर, ललित साहनि, यम खत्री, राम काउचा, प्रेम कुँवर, हिमलाल गैरे,  विरेन्द्र मल्ल र अर्जुन  परीयार चयन गरेको छ ।
बाँकि सदस्य लागाएत रिक्त पदहरु आउदो बैठकबाट मनोनयन गरि पूर्णता दिइने पनि द नेपाली टाईम्स संगको छोटो कुराकानीमा नबनिर्बाचित उपाध्यक्ष लक्ष्मण कुँवरले बताए ।  बिगतमा अष्ट्रेलियाको नेपाली समुदाय भित्रका बिबिध परोपकारी कार्यमा सक्रिय रहेको संस्थाले नेपालमा गएको विनाशकारी भूकम्पको समय गल्कोट समाज जापानसँग मिलेर देशभरका विभिन्न जिल्लाहरु मा राहत वितरण गरेको थियो ।  साधारण सभामा संस्थाका बिगत कार्यकालको सम्पूर्ण समिक्षा र आउने दिनमा संस्थालाई यहाँ रहेका गल्कोटबासीहरु बिच अझ निकट सम्बन्ध स्थापित गर्दै आफ्नो गाउँ ठाउँमा अनि देश र समुदायमा पर्ने बिबिध अफ्ठ्यारोहरु मा र बिबिध परोपकारी कार्यहरुलाई निरन्तरता दिने पनि साधारण सभाले प्रतिबद्दता व्यक्त गरेको छ ।