चितवन समाजले ‘परोपकारी साँस्कृतिक साँझ’ गर्दै  

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : बुधबार, जेष्ठ १५, २०७६

चितवन समाज अस्ट्रेलियाले आगामी जुन २३ मा परोपकारी साँस्कृतिक साँझको आयोजना गर्दैछ । आदर्शगृह सेल्टर होमको सहयोगार्थ उक्त कार्यक्रम आयोजना गर्न लागिएको हो । एक्सपार्ट एजुकेशन र भिसा सर्भिसले प्रायोजन गरेको उक्त कार्यक्रममा चितवनका गायक सागर आले र युवराज चौलागाई तथा चितवनलाई कर्मथलो बनाएर सक्रिय, सामाजिक अभियान्ता मीना खरेलको  उपस्थिति रहने समाजका अध्यक्ष छवी सापकोटाले जानकारी दिए । कार्यक्रम आउदो  २३ जुन को साँझ ६ बजे देखि हुदैछ सिड्नीको रक्डेलस्थित इन्द्रेणी फंसन सेन्टरमा हुदैछ।
च्यारिटी म्युजिकमा सहभागी कलाकार सागर आले पहिलो नेपाल आइडलको शीर्ष चारबाट बाहिरिएका कलाकार हुन् । अर्का गायक युवराज चौलागाईं प्रारम्भिक कालमा गायक बन्नलाई धेरै संघर्ष गरेका कलाकार हुन् । गायन क्षेत्रमा एउटा अवसर पाएपछि उनले आफुलाई एउटा राम्रो नेपाली गायकको रूपमा स्थापित गरे । कार्यक्रममा सहभागी अर्का पाहुना करुणाकी खानी मीना खरेल हुन् । चार सयभन्दा बढी न्याय माग्दै हिँडेका महिलाहरुलाई न्यायको बाटो देखाइदिने समाजसेवीको रुपमा खरेल परिचित छिन् । परोपकारी सहितको उक्त कार्यक्रममा सहभागी भइदिनको लागि चितवन  समाजका उपाध्यक्ष तथा यस कार्यक्रमका संयोजक अनिल पोखरेलले अष्ट्रेलियाका सबै नेपाली दाजु-भाइ दिदि-बहिनिहरु लाई हार्दिक अनुरोध गरिएको छ।