बाबा एजुकेसन सम्मानित 

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : शुक्रबार, जेष्ठ १७, २०७६
सिड्नीमा केन्द्रिय कार्यलय रही अष्ट्रेलिया र नेपालका भिन्न भिन्न ठाउँबाट सेवा पुराउदै आइरहेको बाबा एजुकेसन हालै सम्मानित भएको कन्सलटेन्सीको तर्फबाट अमृत शर्माले जानकारी दिए ।  शर्माका अनुसार वर्ल्ड बुक रेकर्डमा सूचीकृत भएसँगै ‘वर्ल्ड स्ट्यान्डराइजेसन सर्टिफिकेसन’ द्वारा बाबा एजुकेसन कन्सलटेन्सी सम्मानित भएको हो । यसरि सम्मानित हुनेहरु मा ग्लोबल कलेज इन्टरनेसनल, इन्स्टिच्युट अफ फेसन टेक्नोलोजी र फ्लाइटेक इन्टरनेसनल पनि रहेका छन् ।
बरिष्ठ समाजसेवी एवम् उद्यमी इन्दिरा सापकोटाको प्रमुख आतिथ्यतामा ,वर्ल्ड बुक अफ रेकर्ड नेपालका अध्यक्ष सागर कट्वाल एवम् विशिष्ट व्यक्तित्वहरुको उपस्थितिमा काठमाण्डौमा सम्पन्न सो कार्यक्रममा वर्ल्ड बुक रेकर्ड नेपालका अध्यक्ष सागर कटवालले बाबा एजुकेसन कन्सलटेन्सीका डाइरेक्टर राजेन्द्र कुमार शर्मालाई सम्मान सहित प्रमाणपत्र हस्तान्तरण गर्नु भएको थियो I
वर्ल्ड बुक रेकर्ड नेपालका अध्यक्ष सागर कट्वालका अनुसार वर्ल्ड बुक अफ रेकर्ड गुणस्तर मापन गर्ने विभाग रहेको र यसले कुनै पनि क्षेत्रमा विश्वस्तरीय सेवा सुविधा दिने संस्थाको मूल्यांकन गरी वल्र्ड स्ट्यान्डराइजेसन सर्टि्फिकेसनद्वारा विभूषित गर्ने गर्दछ।
इंग्ल्यान्डमा स्थापित वर्ल्ड बुक रेकर्डको अस्ट्रेलियालगायत विभिन्न देशमा शाखा छन् । एसिया, अफ्रिका र युरोपभर विश्वव्यापी सञ्जालमार्फत वर्ल्ड बुक अफ रेकर्डले ऐतिहासिक सम्पदा, सांस्कृतिक, सामाजिक, आर्थिकलगायतका क्षेत्रमा योगदान पुर्याउने व्यक्ति र संघसंस्थालाई सूचीकृत गर्दै आएको छ । यसअघि वल्र्ड बुक रेकर्डमा बुद्धको जन्मथलो लुम्बिनी र पशुपतिनाथ मन्दिर पनि सूचीकृत भएका थिए ।