नि:शुल्क स्वास्थ सचेतना कार्यक्रम हुदै

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : शुक्रबार, जेष्ठ १७, २०७६
दक्षिण पश्चिम नेपाली समाज ( South west Nepalese community ) सिड्नीको आयोजनामा सबै उमेर समुहका महिला र पुरुषहरु लाई लक्षित गरि नि:शुल्क स्वास्थ्य सचेतना कार्यक्रम हुदैछ । १ जुन शनिबार बिहान ९ बजे देखि ३ बजे सम्म Ron Moore Community Center (120 Guernsey Ave, Minto NSW 2566) हुने उक्त कार्यक्रममा अष्ट्रेलियाको स्वस्थ क्षेत्रमा स्थापति र अनुभबी नेपाली मुलका डाक्टर र मिडिकल प्रोफेसनहरु बाट बिबिध बिषयहरु मा जानकारी दिइने छ ।
महिला स्वस्थ, पुरुष स्वास्थ, दन्त चिक्त्सा, मुटु र मानसिक समस्या जस्ता बिबिधि बिषयहरु समेटिएको उक्त कार्यक्रममा  उपस्थित भइ लाभन्न्बित हुन आयोजक संस्थाले सबै नेपाली दाजु-भाइ दिदि-बहिनिहरु मा हार्दिक अनुरोध गरेको छ। कार्यक्रममा नेपालबाट आउनु भएका अभिभाबकहरु का लागि गिफ्ट ह्याम्पाएरको पनि ब्यबस्था गरिएको बताईएको छ।