चितवन समाजको परोपकारी संस्कृतिक साँझ सम्पन्न

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : बुधबार, असार १८, २०७६
चितवन जिल्लामा संचालनमा रही धेरै दिन दुखिको सहयोगी बन्दै धेरैलाई सेवा पुराउदै आएको आदर्श गृह सेल्टर होमको सहयोगार्थ, उक्त सेल्टर होमकी संचालिक एबं सामाजिक अभियन्ता मिना खरेलको बिशेष उपस्थितिमा एक परोपकारी साँझ सम्पन्न भएको छ ।  गत जुन २३ का साँझ सिड्नी रक्डेलमा सम्पन्न उक्त परोपकारी साँझलाई चितवन बाटै प्रतिनिधित्व गर्ने गायक सागर आले र युवराज चौलागाईले संगीतमय बनाउनु भएको थियो भने उंहाहरु लाई स्थानीय प्रतिभाहरु ले साथ दिदै मिठा-मिठा गीत र नृत्यले सबैलाई मनोरंजन दिएका थिए।
करिब ३०० भन्दा परोपकारी मनहरु सहित सम्पन्न उक्त कार्यक्रममा सामाजिक अभियन्ता मिना खरेलले नेपालमा समाज सेवा गर्दाका कठिनाइ र स्थापना काल देखि आज सम्म निरन्तर आदर्श गृह सेल्टर होमले गरेका बिबिध कामहरु का बारेमा उपस्थित सबैलाई जानकारी गराउनु भएको थियो। कार्यक्रम समाप्ति संगै चितवन समाजले सबै सहभागी, स्वयम्सेवी र कार्यक्रम सफल बनाउन धन र मनले सहयोग गर्ने सबै प्रति धन्यवाद व्यक्त गर्दै प्रतिबद्दता अनुसार कार्यक्रमबाट बचत भएको रकम आदर्श गृह सेल्टर होमलाई छिट्टै पठाइने पनि जानकारी गराएको छ। सिड्नी पछि यस्तै कार्यक्रम मेलबर्नमा पनि सम्पन्न भइसकेको छ।
(Photo: RP production)