गोल्डस्टार जुत्ता अष्ट्रेलियामा 

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : बिहिबार, असार १९, २०७६
राष्ट्रप्रेम राष्ट्रियताका कुरा धेरै सुनिदै गर्दा अष्ट्रेलियामा लामो समय देखि बसोबास गर्दै आइरहेका तिन युवाले कुरा मात्रै गरेनन नयाँ कामको शुरुवात नै गरेका छन् । जस अनुसार गोल्डस्टार जुत्ताको अष्ट्रेलियाको अधिकृत बिक्रेताको रुपमा शो-रुम खुलेको छ र बिक्रि वितरण र  बिधिबत उद्घाटन आउदो जुलाई १३ बाट सुरु हुनेछ । जुन महिनाको अन्त्य तिर नै यसको उद्घाटन गर्ने मिति निर्धारण भएको भए पनि पहिलो लट भएका कारण यहाँको भन्सारको केहि प्राबिधिक कारणले गर्दा केहि दिन ढिलो मात्र कन्टेनर भन्सारबाट आइपुगेको कारण २ हप्ता ढिलो सुरुवात हुन गएका संचालक मध्येका एक प्रदिप शाहले बताए।
आफ्नै प्रोफेसनको जागिरमा रमाएका प्रदिप शाह अनि बिगतमा भिन्न व्यापारमा रमाएका रयिस सत्यल र रोशन कायस्थ तिन युवाहरु ले ड्रिम प्रोजेक्टको रुपमा लिएको नेपाली जुत्ता अष्ट्रेलियाको बजार भित्र्याउने काम यिनै तिन युवा आबद्द श्री गणेश ग्रुप अस्ट्रेलियाले गर्दैछ । यो उदाहरणीय शुरुवातको शुभारम्भको कार्यक्रममा सहभागी हुन पनि श्रीगणेश ग्रुप अस्ट्रेलियाको तर्फ बाट सिड्नीमा भएका सबै नेपाली दाजु भाई दिदि बैनीहरु लाई जुलाई १३ मा रक्डेलमा उपस्थित हुन पनि अनुरोध गरिएको छ ।  हाल सिड्नी रक्डेलको Shop 6, 555 Princes Highway Rockdale मा यसको शो रुम र स्टोर रहेको छ भने यसलाई भविष्यमा अष्ट्रेलियाका भिन्न शहरहरुमा समेत विस्तार गरिने लक्ष्य लिइएको छ।