नेपाल सरकारले भोकेसनल कोर्षका लागि नो अब्जेक्सन बन्दको बिरोधमा सिड्नीबाट ज्ञापनपत्र 

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : शुक्रबार, असार २०, २०७६
नेपाल सरकारले केहि समय अगाडी नेपालबाट भोकेसनल कोर्ष अध्यानको लागि जान चाहने बिधार्थीहरु लाई नो अब्जेक्सन लेटर दिन बन्द गर्ने निर्णयको बिरुद्दमा अष्ट्रेलिया न्युसाउथवेल्सको महाबाणिज्यदुतको कार्यलय मार्फत अस्ट्रेलियन एजुकेशनल कन्सलट्यान्ट एलाइन्स (एका) ले ज्ञापनपत्र बुझाएको छ । धेरै बिधार्थीका लागि उच्च शिक्षाको लागि पाथ-वे र प्रयोगात्मक शिक्षाको लागि ख्याती कमाएको अष्ट्रेलियाको भोकेसनल शिक्षा अध्यान गर्न चाहनेहरु प्रति गरिएको यो सरकारी निर्णय गैरजिम्मेवारपूर्ण समेत रहेको भन्दै हाललाई यो निर्णय नेपालको सर्वोच्च अदालतले रोकेको भए पनि यो सम्पूर्ण रुपमा खारेजी नै हुनु पर्ने एकाको माग गरेको पनि अध्यक्ष परशुराम अधिकारीले बताए।
कुनै पनि गृहकार्य बिना, त्यस क्षेत्रका बिज्ञहरु संग कुनै राय समेत नलिकन नेपाल सरकारले हठात् गरेको यो निर्णयले बिधार्थीहरु को आफ्नो रोजाईको बिषय पढ्न पाउने नगारिक अधिकारको समेत हनन् भएको समेत एकाको धारणा रहेको र सोहि अनुसार ज्ञापनपत्र बुझाईएको एकाका महासचिब शरद भुषालले बताए।
महाबाणिज्युदत दिपक खड्काले ज्ञापनपत्र बुझे संगै नेपाल सरकारको सम्बन्धित निकायमा उक्त ज्ञापनपत्र पुराउने र यसबाट नेपाल सरकारले सरोकारवाला संग सल्लाह सुझाब लिएर अगाडी बढ्न मद्दत पुग्ने बताए ।