साउथ वेस्ट नेपालि समाज गठन संगै बिबिध सामाजिक कार्यहरु मा सक्रिय    

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : शनिबार, साउन ११, २०७६
केहि महिना अगाडी मात्र आधिकारिक रुपमा दर्ता भएको सिड्नीको साउथ वेस्ट क्षेत्रका नेपालीहरु को संस्था साउथ वेस्ट नेपालि समाजले आफ्नो स्थापना संगै बिबिध सामाजिक एबम परोपकारी कार्यमा आफुलाई सक्रिय बनाएको छ। सिड्नीको साउथ वेस्ट क्षेत्र  इङ्गलवन, मिण्टो, मक्वारी फिल्ड, ग्लेन्फ़िल्ड, बाडिया, लुमिया लगाएतका सबअर्बहरुमा बाक्लिएको नेपाली समुदाय संगै नेपालीपन र आत्मियता पनि बाक्लिदै छ।
२०१६ देखि नै समुदायलाई लक्षित गरि बिबिध कार्यक्रम गर्दै आइरहेका सक्रिय नेपालीहरु कै सक्रियता स्वरुप गठन यस संस्था मार्फत हाल प्रत्येक हप्ता शनिबार र आइतबार नियमित रुपमा सिनिएर सकर र जुनिएर सकर संचालन भैरहेको छ । जुनिएर सकरका लागि हंगकंग चिङ्ग हो फुटवल क्लब अस्ट्रेलिया ब्रान्च संग सहकार्य गरि १२ वर्ष सकर ट्रेनिङ्ग प्राप्त अन्तराष्ट्रिय कोचद्वारा हाम्रा समुदायका ३५ जना साना बाबु-नानीहरु को इन्सुरेन्स सहित सकर फुटवल संचालनमा ल्याइएको छ । यसका लागि दुइ ग्रुपमा अन्डर ७ बर्षका लागि एउटा क्लास र अर्को अन्डर ११ को गरि प्रत्येक शनिबार संस्थाको आफ्नै पोशाक सहित खेलहरु संचालन भइरहेका छन् भने सिनिएर अन्तर्गत अभिभाबक र अन्य सक्रिय साथीहरु को पहलमा शनिबार र आइतबार हप्ताको दुइ दिन नियमित रुपमा करिब 40 जनाको मेसेन्जर ग्रुप तयार पारि हरेक सुचना सहित आफ्नो स्वास्थ्य र सामाजिक हितको लागि फुटवल खेलका अभ्यास र खेल भइरहेका छन् । यसको अलावा हाम्रा संस्कृतिक गतिविधिहरु लाई मध्यनजर राखी हाम्रा बाबु नानीहरुको ‘असल पुस्ता निर्माण’ भन्ने नाराका साथ बिबिध तिज, दशैं, तिहार र भैलो लगायतका कार्यक्रम गर्दै आइरहेको र भबिश्यमा पनि नियमितता दिने सोच सहित संस्था अगाडी बढी रहेको छ।
संस्थाका कार्यबाहक सचिब एकराज खनालका अनुसार संस्था अन्य बिबिध सामाजिक र परोपकारी कार्यक्रमहरुमा पनि सक्रिय रही आएको छ। यहि महिना मात्रै संस्थाको अग्रसरतामा दुइ च्यारिटी कार्यक्रम सम्पन्न भएको छ ।  जस अनुसार साउथ वेस्ट नेपालि समाजको अगुवाइमा नेपालमा गरिब परिवारकी आमा गुमाएकी टुहुरी २० बर्षिय  रेजिना सिर्मल जो अहिले ब्लड क्यान्सर संग लडिरहेकी छिन उनको स्वास्थ्य उपचारको लागि  संस्थाको अगुवाइमा १ लाख ७० हजार रेजिनाको बुवालाई हस्तान्तरण गरि सकिएको छ।  यसरि नै हालै अस्ट्रेलियाको सिड्नीमा बिधार्थी भिसामा आएकी उपासना चौलागाईं जो ब्रेस्ट क्यान्सर संग लडिरहेकी छिन उनको यहि उपचारको लागि पनि संस्थाले फन्ड रेज कार्यक्रम हुदैछ र यति बेला सम्म करिब एक हजार डलर संकलन भइसकेको छ र सक्दो छिटो उनलाई सहयोग हस्तान्तरण गरिने छ।