तीज धमाका २०१९ अगष्ट १० मा हुदै

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : सोमवार, साउन २०, २०७६

चाडपर्वहरु निजिकीदै गर्दा नेपाली हिन्दुहरुको महान चाड तीज संगितमय रुपमा मनाउन विएमएस फिल्मसले तीज धमाका २०१९ को आयोजना गर्दै छ । आउँदो अगष्ट १० को साँझ ६ बजे वाट सिड्नी हर्स्टभिलको मरना अडिटोरियममा हुने उक्त कार्यक्रममा नेपालका चर्चित कलाकारहरु तीज गीत तथा लोक दोहोरी गायिका चन्दा अर्याल, पवित्रा न्यौपाने र सन्दीप न्यौपानेको सहभागिता रहने छ । प्रवेश शुल्क १० डलर मात्र तोकेको उक्त कार्यक्रम सम्वन्धी थप जानकारीका लागि विरेन्द्र मल्ललाई 0413 433 515 मा सम्पर्क गर्न सकिन्छ ।