स्याङ्जाली चेलीहरु को तीज भेटघाट २३ अगस्तमा

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : बिहिबार, भदौ ५, २०७६
प्रबासमा नेपाली चाडपर्बहरु लाई झन् आत्मीय रुपमा मनाउने क्रममा स्याङ्जाली चेलीहरु को तीज मेला आउदो अगस्त २३ शुक्रबारको साँझ ५  देखि ११ बजे सम्म हुदैछ । Aiden Palace reception centre Earlwood मा हुदै गरेको उक्त तीज मेलामा नेपालकी प्रख्यात गायिका चन्दा अर्यालले बिशेष सहभागिता जनाउदै बिबिध तीजका गीतहरु ले सबै दिदि-बैनीहरु लाई नचाउने छिन् ।
स्याङ्जा अष्ट्रेलिया सोसाइटीको आह्वानमा छोटो समय कै तयारीमा गरिएको यो कार्यक्रममा सहभागी भइदिनु हुन सम्पूर्ण स्याङ्जाली चेलीहरु र दाजु-भाईहरु लाई अनुरोध गरिएको छ ।  कार्यक्रमको टिकट दर जोडीको लागि ४० डलर अभिभाबक र चेलीहरुको लागि २५ डलर अनि ५ देखि १५ बर्ष सम्मका बाबु नानिका लागि १५ डलर तोकिएको आयोजकको तर्फबाट सागर अधिकारीले जनाएका छन्।