नयाको तेश्रो अधिबेशन सम्पन्न : अध्यक्षमा प्रकाश अर्याल 

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : आइतवार, अशोज १२, २०७६
छोटो समय मै बिबिध युवा गतिबिधिमा सक्रिय नेपाली अस्ट्रेलियन युथ एसोसियसन (नया) को तेश्रो अधिबेशन हालै सिड्नीमा सम्पन्न भइ गत २७ सेप्टेम्बरका साँझ घोषणा सभा एबम नेतृत्व हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । एनआरएनए अष्ट्रेलियाका संस्थापक अध्यक्ष मन केसीको प्रमूख अतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा संस्थाका गएको कार्यकालको समिक्षा सहित बिबिधि व्यक्तित्वहरु लाई सम्मान समेत गरिएको थियो।
तेश्रो अधिबेशनका निर्बाचन कमिटिका संयोजक इथान शाक्यले सर्बसम्मत चयन कार्यसमतिको नाम सार्बजनिक गर्नु भएको थियो । जसअनुसार संस्थाको अध्यक्षमा प्रकाश अर्याल, उपाध्यक्षमा  शेखर तिवारी, अनुप राज न्यौपाने, रमेश केसी र युबराज भण्डारी चयन भएका छन् । यस्तै महासचिवमा पूजा चन्द, सचिवमा सगर काफ्ले, कोषाध्यक्षमा नारायण पाण्डे छन् भने सदस्यहरुमा संदेश राजभण्डारि, बिश्वास अधिकारी, अनिल पोख्रेल, जमुना सुबेदी, निजन चौलागाई, दिवश पोखरेल, कृष्ण पोखरेल, बिष्णु काफ्ले, श्रावन भट्टराई र अर्जुन गौतम छन्। नवनिर्बाचित पदाधिकारीहरु लाई ‘नया’ का संरक्षक महेन्द्र कुमार लम्सालले  पद तथा गोपनियताको सपथ गराउनु भएको थियो। 
कार्यक्रमलाई सम्बोधन गर्दै निवर्तमान अध्यक्ष प्रकाश खरेल गत दुइ बर्ष संस्थाले गरेका बिबिध कामहरु र यस क्रम संस्थालाई बिभिन्न किसिमबाट सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गरे। संस्थाका निबर्तमान उपाध्यक्ष निजन चौलागाईले संचालन गरेको उक्त कार्यक्रमलाई पुर्ब अध्यक्ष कोमल पाठकले स्वगात गरेका थिए। बिबिध संस्कृतिक प्रस्तुति सहितको सो कार्यक्रममा संस्कृतिक कार्यक्रमको संचालन निबर्तमान उपाध्यक्ष पूजा चन्दले गरेकी थिइन्। कार्यक्रमलाई प्रमुख अतिथि मन केसी, संस्थाका संरक्षक महेन्द्र लम्साल, आइसीसी सदस्य दिनेश जोशी, एनआरएनए उपाध्यक्ष चुडामणि सापकोटा लगाएतले नब-निर्बाचित कार्यसमितिको सफलताको कामना गर्दै शुभकामना व्यक्त गरेका थिए।
कार्यभार ग्रहण संगै नबनिर्बाचित अध्यक्ष प्रकाश अर्यालले समुदायका अन्य संघ संस्था, अग्रजहरु सबै संग हातेमालो गर्दै आगामी दिनमा संस्थालाई थप उर्जा सहित युवा केन्द्रित बिबिध कार्यक्रमहरु सक्रियता साथ अगाडी बढाउने बताए। अर्यालका अनुसार संस्थाको अव बस्ने पहिलो कार्यसमितिको बैठक बाट हाल रिक्त रहेका स्पोक्स पर्सन, पब्लिक अफिसर, इभेन्ट को-अर्डिनेटर, कल्चरल को-अर्डिनेटर र स्पोर्ट्स को-अर्डिनेटर पदहरु मा उचित साथीहरु लाई जिम्मेवारी दिने बताए।