चाडबाडको शुभकामना तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न 

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : बिहिबार, अशोज १६, २०७६
नेपालीहरु को बिबिध चाडहरु (बिजया दशमी, दिपावली, म्हःपूजा, नेपाल संवत, छठ लगायत) को उपलक्ष्यमा हालै सिड्नीमा एक शुभकामना तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाली कांग्रेसकी केन्द्रिय सदस्य, सभासद एबम राज्य व्यवस्था तथा शुसाशन समिति सदस्य माननिय डा. डिला संग्रौलाको प्रमुख अतिथ्यतामा सम्पन्न सो कार्यक्रममा बिशिष्ठ अतिथिको रुपमा एनएसडब्लुका बिपक्षि दलकी नेता एबम संसद जोडि म्यक्या, अर्का बिशिष्ठ अतिथि लिबरल पार्टीका अध्यक्ष एबम पूर्व अध्यागमन मन्त्रि फिलिप रुडकको उपस्थिति थियो। नेपाली कांग्रेस पार्टीको प्रबास स्थिति भातृ संस्था मध्येको नेपाल जनसम्पर्क समिति अष्ट्रेलिया (एनपिसिसि ) को आयोजनामा भएको उक्त कार्यक्रममा नेपाली समुदायका सदस्यहरु एनआरएनए लागाएत बिभिन्न संघ संस्थाका प्रतिनिधिहरु को उपस्थिति थियो।
कार्यक्रममा शुभकामना आदन प्रदान संगै कार्यक्रम प्रमुख अतिथि डा. डिला संग्रौला संग उपस्थितिले गैरआवासीय नेपालीहरुको नागरीकताको निरन्तरता एबम समसामयिक राजनीति बिषयमा अन्तरक्रिया समेत गरेका थिए । उहाँले गैरआवासिय नेपालीहरु का लागि संविधानले ब्यवस्था गरि सकेको र सोहि अनुरुप नागरिकता पाउनका लागि बिधेयक बन्दै गरेको पनि बताउनु भयो।
कार्यक्रममा अतिथिहरु लिबरल पार्टीका अध्यक्ष एबम पूर्व अध्यागमन मन्त्रि फिलिप रुडक र एनएसडब्लुका बिपक्षि दलकी नेता एबम संसद जोडि म्यक्याले पनि नजिकिएका चाडपर्बको शुभकामान दिदै अष्ट्रेलियाको बहुसांस्कृतिक समुदायमा नेपाली समुदायको योगदानको प्रसंसा गरेका थिए ।  एनपिसिसिका अध्यक्ष कृष्ण गिरीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा गिरिले उपस्थिति सबैलाई धन्यबाद दिदै नेपाली कांग्रेस पार्टीले आफुलाई दिएको जिम्मेवारी निष्ठापूर्वक सबैको भावनाको सम्मान र कदर गर्दै पुरा गर्ने प्रतिबद्दता व्यक्त गरेका थिए । संस्थाका बरिष्ठ उपाध्यक्ष सुरेश गुरुङ्गले उपस्कोथित सबैलाई स्वागत गर्नु भएको सो सो कार्यक्रमको संचालन संस्थाका प्रवक्ता रोहति खडका एबं लिबरल पार्टीमा सक्रिय रही बिबिध नेतृत्वदायी भूमिका निर्बाह गरिसकेका नेपाली युवा नगेन्द्र अधिकारीले संयुक्त गरेका थिए । कार्यक्रमको समापन संगै द नेपाली टाईम्स अष्ट्रेलिया संगै छोटो कुरा गर्दै नगेन्द्र अधिकारीले आफ्नो पहलमा दुइ भिन्न पार्टीका यति उच्च तहका नेताहरु एकै मंचमा उपस्थित भएको सम्भबत पहिलो अवसर भएको र हाम्रो समुदाय प्रति बिश्वास गरि उँहाहरु लाई यसरि उपस्थिति गराउन सफल भएकोमा प्रसन्नता ब्यक्त गरे।