रिभारिना नेप्लिज कम्युनिटिको अधिबेशन तथा मल्टीकल्चरल कार्यक्रम सम्पन्न 

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : सोमवार, कार्तिक २५, २०७६
रिभारिना क्षेत्रमा बस्ने नेपालीहरुको साझा संस्था  रिभारिना नेप्लिज कम्युनिटिको हालै वागा-वागामा बार्षिक अधिबेशन सम्पन्न भएको छ । अधिबेशनले आउँदो कार्यकालका लागि दिवश श्रेष्ठको अध्यक्षतामा सर्बसम्मत ११ सदस्सीय नयाँ  कार्यसमितिको पनि चयन गरेको छ ।  कार्यसमितिको उपाध्यक्षमा दिपेन्द्र काफ्ले, सचिबमा कमला खनाल, कोषाध्यक्षमा एलिना थापा मगर र सदस्यहरु मा ओमकार राई, सपना पुन, भुपेन्द्र अधिकारी, कृष्ण मल्ल, चिन लामा र बलभद्र कार्की हुनुहुन्छ।  यसै गरि संस्थाले चार सदस्यी सल्लाहाकार समिति पनि गठन गरेको छ ।  जसमा लक्ष्मी पाण्डे, डा. प्रकाश वली, तुल्सी श्रेष्ठ र किशोर श्रेष्ठ हुनुहुन्छ।
संस्थाका नवनिर्बाचित उपाध्यक्ष दिपेन्द्र काफ्लेका अनुसार वागा-वागा सिटि काउन्सिलले बर्षेनी आयोजना गर्ने मल्टिकल्चरल फ्युजन कार्यक्रममा यस पटक नेपाली समुदायको तर्फबाट संस्थाले सक्रिय सहभागिता जनाएको थियो । जस्मा संस्थाका भाइबैनीले नेपाली संस्कृति झल्काउने नृत्य प्रस्तुत गरेका थिए । यसै गरि नेपाली खानालाई पर्बर्दन गर्ने उदेश्यले कार्यक्रममा खानाको स्टल पनि रखिएको थियो। सहभागीहरु ले स्टलमा आइ नेपाली ममको स्वाद लिएका थिए भने नेपाली नृत्यको समेत सहभागीहरु ले प्रसंशा गरेका थिए।