अधिबेशनको तयारीमा जन सम्पर्क समिति अष्ट्रेलिया 

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : सोमवार, कार्तिक २५, २०७६
लामो समय देखि अधिबेशन हुन नसकेको जन सम्पर्क समिति अष्ट्रेलिया अधिबेशनको तयारीमा जुटेको छ । अन्तरिक विवादका कारण देखिएका बिगतका केहि कठिनाइहरु नेपाली कांग्रेस  केन्द्रिय समितिको निर्देशन पश्चात सहज भएको र अब आफु सबै संग सरसाल्लाह गरि अबको ६ महिनामा अधिबेशनको तयारीका लागि जुटेको जन सम्पर्क समिति अष्ट्रेलियाका अध्यक्ष्य कृष्ण गिरिले बताए।  मिडियाकर्मीहरु लाई संस्थाको गतिबिधि, पार्टीको निर्देशन र अबको योजनाको बारे जानकारी गराउने उदेश्यले जन सम्पर्क समिति अष्ट्रेलियाले हालै एकै पत्रकार भेटघाटको कार्यक्रम सम्पन्न गरेको छ।  कार्यक्रममा संस्थाका अध्यक्ष्य कृष्ण गिरिले उपस्थिति सबैलाई पार्टीको निर्देशन बमोजिम आफु सबै अग्रजहरु संग संबाद गर्दै अधिबेशनको लागि लाग्ने क्रममा यो पहिलो भेटघाट भएको बताए ।  पार्टीको निर्देशन बमोजिम आफु अधिबेशन तयारि समितिको संयोजकको रुपमा रहेको र यो समितिलाई छ्ट्टै विस्तार गरि १५ सदसीय समिति बनाउने, बिध्यमान बिधानका कठिनाइहरु लाई फुकाउदै सबै आठै वटा स्टेट र राज्य समितिहरुमा राज्य स्तरीय अधिबेशन गरि राज्य समिति निर्माण गर्ने र सबैको सल्लाह सुझाब अनुसार सबैलाई पाएक पर्ने ठाउँ र मितिमा चौथो अधिबेशनको तोक्ने कार्य गर्न दिशामा अब गठन हुने अधिबेशन तयारि समिति अगाडी बढ्ने पनि गिरिले बताए।
बिगतका कमिकमजोरीहरु लाई आत्मसाथ गर्दै प्रजातन्त्रमा बिश्वास गर्ने प्रबासमा रहेका नेपाली कांग्रेस पार्टीका सम्पूर्ण शुभचिन्तकहरु लाई पनि यो अभियानमा साथ र सहयोग गर्न अनुरोध गर्दै सम्पन्न उक्त पत्रकार भेटघाट कार्यक्रम जन सम्पर्क समिति अष्ट्रेलियाका सदस्य राजु अधिकारीले सञ्चालन गरेका थिए भने कार्यक्रममा  नेपाली कांगे्रस महासमिति सदस्य दिनेश उपाध्याय, नेता नवराज गुरुङ लागाएतका व्यक्तित्व हरु ले जन सम्पर्क समिति अष्ट्रेलियाको लामो समय देखि देखिएको अलमल ले अब निकाशा पाउने  शुभेच्छा व्यक्त गरेका थिए।