गोर्खाज तेक्वान्दो डोजाङ्ग च्याम्पियनसिप २०१९ सम्पन्न

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : बिहिबार, मंसिर १२, २०७६
गोर्खाज तेक्वान्दो डोजाङ्गको प्रथम वार्षिकोत्सवको अवसरमा “First Gurkhas Inter Dojang Taekwondo Championship 2019”  सिड्नीमा सम्पन्न भएको छ । जसमा ७० खेलाडीहरुको सहभागिता रहेको थियो ।  प्रतियोगिता सिड्नीको मेरिल्याण्ड स्थित रेष्ट रियल स्टेट र जिएनसिसीका अध्यक्ष रमेश थापाको प्रायोजनमा सम्पन्न भएको थियो ।  प्रतिस्पर्धा खेलाडिको तौल, उमेर र स्तर अनुसार गराइएको गोर्खाज तेक्वान्दो डोजाङ्गले जनाएको छ ।
यस्ता प्रतिस्पर्धाहरु ले खेलाडीको आत्मबल, आत्मसुरक्षा, व्यायाम तथा अनुशासन सिकाउने कुरा गोर्खाज तेक्वान्दो डोजाङ्गका प्रशिक्षक जीवन जोशीले बताउनु भयो ।विजेता सम्पूर्ण खेलाडीहरुलाई ग्रान्भिल नेप्लिज क्लवका अध्यक्ष रमेश थापाले पदक वितरण गर्नु भएको थियो । जसमा पुरुष तर्फ सर्वोकृष्ट खेलाडी वारियर्स तेक्वान्दोका जोसेफ पाज क्षेत्री भए भने महिला तर्फ गार्खाज तेक्वान्दोकी प्राची मिश्र भइन । यस प्रतियोगिताको निर्णायक भूमिकामा जीवन जोशी, ज्ञान पुन, उज्वल गुरागाईँ, प्रकाश श्रेत्री, प्रविन थापा, विश्वराज श्रेष्ठ र विमेश भट्टराई थिए ।