जन सम्पर्क समिति न्यु साउथ वेल्स गठन 

इथान शाक्य सर्बसम्मत अध्यक्ष
-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : सोमवार, मंसिर १६, २०७६

प्रबासमा नेपाल राजनीतिक पार्टी सँग आस्था राख्नेहरु संगठित हुने क्रममा नेपालको नेपाली कांग्रेस पार्टी प्रति आस्था राख्ने अष्ट्रेलियाको न्यु साउथ वेल्समा बस्ने आस्थावानहरु बिचको एक भेलाले जन सम्पर्क समिति न्यु साउथ वेल्स अष्ट्रेलिया गठन गरेको छ। बिभिन्न चरणका छलफल र भेटघाट पश्चात गत ३० नोभेम्बर साँझ सिड्नीको रक्डेल स्थित इन्द्रेणी फंक्सन सेन्टरमा बसेको भेलाले इथान शाक्यलाई सर्बसम्मत अध्यक्ष चयन गरि एक समिति गठन गरेको छ।

समितिको उपाध्यक्षमा रामजी बस्नेत, महामन्त्रीद्वयमा सुर्य खनाल र निजन चौलागाई, सहमहामन्त्रीमा स्वतन्त्र बस्नेत, कोषाध्यक्षमा सोभितजंग कुँवर चयन भएका छन् । यसै गरि कार्यसमितिका सदस्यहरुमा अर्जुन गौतम, सागर काफ्ले, श्रीपति तिवारी, कृष्ण पोखरेल, पुष्कर भट्ट, सन्देश राज भण्डारी, परमानन्द झा र शुभम सिङ रहेका छन् । भेलाले डा. देबेन्द्र सापकोटा, लक्ष्मण सापकोटा, भुपाल सिटौला र प्रकाश हुमागाईलाई समितिको सल्लाहकारमा चयन गरेको छ।

कार्यक्रम समापन संगै अग्रज र उपस्थिति सबैले दिएको जिम्मेवारीलाई आफुले ठुलो अबसर र चुनौतीको रुपमा लिएको नवगठित समितिका अध्यक्ष इथान शाक्यले बताए । शाक्यले जन सम्पर्क समिति अष्ट्रेलिया एकीकृत भएर अबका केहि महिनामा अधिबेशनको प्रकृयामा जाने सन्दर्भमा जन सम्पर्क समिति न्यु साउथ वेल्स सबै संग सहकार्य र सहोयोगीको भूमिकामा देखिने बताउदै सबै संगको सहकार्य, आपसी एकता र सदभाब कायम राख्दै प्रजातन्त्र प्रेमी सबैको साझा चौतारीको रुपमा संस्थालाई अगाडी बढाउने प्रतिबद्दता पनि व्यक्त गरे।