एडभान्स कलेज अफ हेल्थद्वारा रोजगारमुलक ईन्फर्मेसन सेसन आयोजना गर्दै 

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : सोमवार, मंसिर १६, २०७६
एडभान्स कलज अफ हेल्थले आएडभान्स कलेज अफ हेल्थउँदो डिसेम्बर ७ का दिन सिड्नीको एसफिल्ड टाउनहलमा नि:शुल्क रोजगारउन्मुख जानकारीमुलक कार्यक्रम (ईन्फर्मेसन सेसन) को आयोजना गर्दैछ । अष्ट्रेलियाको नेपाली समुदायमा हुने बिभिन्न सामाजिक कार्यक्रमहरूमा प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्दै आएको उक्त एडभान्स कलेज अफ हेल्थले कामको खोजीमा भौतारीदै हिडेका बिद्यार्थीहरूलाई लक्षित गरि एज्ड कियर संबन्धी सिपमुलक तालिम दिने र रोजगारीमा समेत प्रत्यक्ष रूपमा धेरै बिद्यार्थीहरूलाई सहयोग गर्दै आएको छ ।
आयोजन हुदै गरेको उक्त ईन्फर्मेसन सेसनबाट काम खोज्न आबश्यक कागज पत्रहरूको तयारी, काम खोज्ने उपयुक्त माध्याम र प्रभाबकारी तरीका लगाएतका बहुपयोगी तथा महत्वपूर्ण बिषयहरूमा फरक फरक बिधाका बिज्ञाहरू बाट प्रशिक्षण तालिम दिने एडभान्स कलेज अफ हेल्थका निर्देशक किशोर अर्याल र ईश्वर दाहालले बताए। उक्त कार्यक्रममा उपस्थित भई यस अबसरको फाईदा लिन र बेरोजगार समस्याबाट मुक्त हुन आयोजक संस्थाले  सिड्नीबासी सम्पूर्ण बिद्यार्थीहरूलाई हार्दिक अनुरोध गरेको छ ।