सुरक्षित पौडी र वाटरसेफ्टी प्रशिक्षण सम्पन्न 

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : आइतवार, पुस ६, २०७६
बिगत केहि बर्ष अगाडी देखि सिड्नीमा अध्यानरत नेपाली बिधार्थीहरु लाई शिपमुलक तालिम देखि रोजगारीका बिबिध पक्षहरुमा मोटिभेसन गर्दै र सहयोग पुराउदै आइरहेको भिजन फर मोटिभेसन (भिएफएम) ले नबआगन्तुक र बिधार्थीहरु लाई लक्षित गरि समुन्द्र कै किनारमा पुगी सुरक्षित पौडी र वाटर सेफ्टी सम्बन्धि एक दिने प्रशिक्षण तेश्रो पटक २२ डिसेम्बरका दिन सम्पन्न गरेको छ ।
नेपाली दुताबास क्यानबेराको समन्वयमा सम्पन्न सो कार्यक्रममा सर्फ लाईफ सेभिङ क्लब तारामाराका  प्रशिक्षकहरु ले उपस्थिति बिधार्थीहरु लाई  सुरक्षित पौडी र वाटरसेफ्टीका बारेमा बिबिध कुराहरु को प्रयोगात्मक ज्ञान दिएका थिए ।  करिब पाँच दर्जन बिधार्थीहरु सहभागी रहेको उक्त कार्यक्रममा अष्ट्रेलियाका लागि नेपाली राजदुत महेश राज दाहाल, एनएसडब्लुका महाबाणिज्यदुत दिपक खड्का, एनआरएनएका पदाधिकारीहरु र नेपाली समुदायका प्रतिनिधिहरु को समेत उपस्थिति थियो ।  भिएफएमका अध्यक्ष रमेश श्रेष्ठले यस्ता कार्यक्रमहरुले नबआगन्तुक र बिधार्थीहरु लाई प्रयोगात्मक ज्ञान दिने हुदाँ बिगतका हाम्रा अनुभबहरु बाट यो अपरिहार्य भएकोले भिएफएमले यसलाई उच्च प्रथामिकताका साथ आयोजना गरेको र यसलाई निरन्तरता दिइरहने पनि बताए। भिएफएमको अभियानमा साथ सहयोग र हौसाला प्रदान गरेकोमा दुताबास, महाबाणिज्यदुतको कार्यलय र सबै संघ संस्थाहरु प्रति पनि श्रेष्ठले धन्यवाद व्यक्त गरे।