हेरिटेज अफ फेसन नेपाल २०२० आयोजना हुदै 

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : शनिबार, पुस १२, २०७६
नेपाली पोशाक र नेपाली कला संस्कृतिलाई प्रबासमा प्रबर्द्दन गर्ने र नेपालका कलाकारहरु लाई नेपाली भेषभुषा सहित र्याम्पमा उतार्ने उदेश्य सहित हेरिटेज अफ फेसन नेपाल २०२० आयोजना हुदैछ ।  एएसएपी ईन्टरटेन्मेन्टको आयोजनामा हुदै गरेको उक्त कार्यक्रममा नेपाली फेशन क्षेत्रमा छुटै उचाइ बनाउन सफल प्रशान्त ताम्रकार, सबै उमेर समुहले उत्तिकै रुचाएका गायक धिरज राई, गायिका प्राप्ती, ड्रेस डिजाईनर अमितेश कर्ण तथा सुकनिता चौलागाई लगायतका श्रष्टाहरुको बिशेष प्रस्तुती रहने छ । कार्यक्रमलाई आकर्षण रुपमा प्रस्तुत एबम संचालन गर्नका लागि सञ्चारकर्मी विवेक खतिवडा पनिअष्ट्रेलिया आउने आयोजकले जनाएको छ।
एएसएपी ईन्टरटेन्मेन्टको निर्देशक सन्तोष अधिकारीका अनुसार नेपाल भ्रमण बर्ष २०२० मनाउदै गरेको दोश्रो महिना मै नेपाल चिनाउन, नेपाली कला र संस्कृति बिबिधता प्रबाशमा समेत परिचित गराउने उदेश्य सहित यो कार्यक्रमको आयोजना गरिएको हो। नेपाली चलचित्र आमा मुभी पार्टनर रहेको उक्त कार्यक्रम आउँदो फेब्रुअरी १५ तारिखका साँझ ६ बजेबाट अल्बर्ट पलाइस इभेन्ट्स लाइकार्डमा हुँदैछ। कार्यक्रममा उपस्थितिका लागि आयोजक  एएसएपी ईन्टरटेन्मेन्टले अष्ट्रेलियामा बसोबास गर्ने नेपालि कला संस्कृतिलाई माया गर्ने सबैलाई अनुरोध गरेको छ।