सिडनीमा थारु समुदायको माघी पर्व बिबिध कार्यक्रम सहित मनाइदै 

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : सोमवार, पुस २१, २०७६
नेपालको बिभिन्न भूभागबाट अष्ट्रेलिया आई बिभिन्न पेशा ब्यबसाय र अध्यान अध्यापनमा रहेका थारु समुदाय बीच साझा चौतारीको रुपमा अगस्त २०१८  गठन भएको थारु सोसाइटी अफ अष्ट्रेलियाले बिबिध कार्यक्रम सहित दोश्रो पटक माघी पर्व बिबिध कार्यक्रम सहित मनाउदैछ । आउँदो जनवरी १५ बुधवार (माघ १ गते) माघे सक्रान्ति कै दिन परेर बिबिध सांस्कृतिक कार्यक्रम सहित माघी पर्ब मनाउन लागेको संस्थाका पब्लिक अफिसरअरुण आर्यण चौधरीले बताए।
चौधरीका अनुसार सिड्नीको टेम्पे पार्कमा आयोजना हुन लागेको उक्त कार्यक्रमका सम्पूर्ण तयारिका लागि संस्थाका अध्यक्ष दीपनारायण चौधरीको संयोजनमा सबै साथीहरु तयारीमा जुटिसकेका छन। गत बर्ष सफल माघी पर्ब सम्पन्न गरिसकेको संस्थाले यस पटक अझ ब्यबस्थित रुप थारु संस्कृति झल्कने बिबिध सांस्कृतिक प्रस्तुतिहरु, भेष भुषा र थारू परिकारहरु सहित थारु समुदायका विभिन्न धार्मिक, आर्थिक, सामाजिक तथा सांस्कृतिक मूल्य मान्यताहरू बिदेशी भूमिमा दर्शाउन उक्त अबसरमा प्रयास गरिने पनि संस्थाले जनाएको छ। भित्रि मधेश र तराईमा बसोबास भएको थारु समुदायको बिशेष चाड यस माघी पर्बबाट नै थारु सम्बत अनुसार नयाँ बर्ष पनि सुरु हुने गर्दछ ।  जस अनुसार आउदो माघ १ बाट थारु सम्बत अनुसार २६४३ सुरु हुन्छ।
अष्ट्रेलियामा रहेका सबै नेपाली दाजु/भाई, दिदि/बैनीहरु लाई उक्त अबसरमा उपस्थित भई हाम्रा चाडपर्बहरु संग संगै मनाउने अबसरमा सहभागी हुन पनि संस्थाले हार्दिक अनुरोध गरेको छ।