सिड्नीमा माघे संक्रान्ति मेला मनाइदै 

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : बिहिबार, पुस २४, २०७६

प्रबासमा मगर संस्कृति र परम्पराको जगेर्ना साथै निरन्तरताको लागि अष्ट्रेलिया गठन भइ बिबिध परोपकारी कार्यमा समेत सक्रिय रहदै आएको मगर समाज अष्ट्रेलियाले बिगतका बर्षहरु मा जस्तै यस बर्ष पनि माघे सक्रान्ति मेला २०२० मनाउदै छ।समाजका सचिब सुदर्शन थापा मगरका अनुसार आउँदो जनवरि १८ तारिख शनिबारका दिन सिड्नीको अर्लउड स्थित Bayview Aveunu मा रहेको Cough Whitlam Park मा दिउसो १२ बजे दे खि सांझ सम्म बिभिन्न कार्यक्रम सहित सक्रान्ति मेलाको आयोजना हुदैछ । उक्त मेलामा सहभागी हुनका लागि नेपालबाट लोक दोहोरी क्षेत्रकी ख्याती प्राप्त गायिका खिमा रोक्का मगर सहभागी हुदैछन्।
प्रबेश निःशुल्क गरिएको उक्त कार्यक्रममा विविध संस्कृतिक प्रस्तुति, लिगलिग दौड, परम्परागत मगर एबम नेपाली खानाका परिकार साथै बालबच्चाहरू को लागि जम्पिङ्ग क्यासल लगायत विविध मनोरन्जनका कार्यक्रमहरू राखिएको समाजका सचिब सुदर्शन थापा मगरले द नेपाली टाईम्सअष्ट्रेलियालाई बताए । यो पर्व माघे संक्रान्ति, मकर संक्रान्ति, माघी आदि नामले नेपालको बिभिन्न समुदायमा मानाइने बिशेष चाड हो भने मगर समुदायको लागि प्रमुख चाड हो । माघ महिनाको पहिलो दिन पर्ने यो चाडमा नेपालमा सार्वजनिक विदा दिइन्छ। ज्योतिष शास्त्रका अनुसार सौर तिथिको हिसाबले माघे संक्रान्ति देखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गरि उत्तरायण हुने हुनाले यसलाई ‘मकर संक्रान्ति’ पनि भनिएको हो । कार्यक्रम सम्बन्धि थप जानकारिको लागि समाजका  पदाधिकारीहरू लाई सम्पर्क गर्न अनुरोध गरिएको छ ।