‘एनएडिएफ’ को दशौं साधारण सभा  सम्पन्न 

सुरेन्द्र सापकोटाको अध्यक्षतामा नयाँ कार्य समिति गठन 
-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : सोमवार, माघ ६, २०७६
१९९८ स्थापना भएर सिड्नीको नेपाली समुदायमा सामाजिक र परोपकारी रुपमा सकृय एबं बैचारिक मन्थनको चौतारीको रुपमा परिचित प्रजातन्त्र प्रेमीहरु को संस्था नेप्लिज अष्ट्रेलियन डेमोक्रेटिक फोरोम (एनएडिएफ) ले आफ्नो दशौं बार्षिक साधारण सभा सम्पन्न गरेको छ । साधारण सभाले सुरेन्द्र सापकोटाको अध्यक्षतामा आउने कार्यकालको लागि नयाँ कार्य समिति गठन गरेको छ।  कार्य समितिका अन्य पदाधिकारीहरु मा दुइ उपाध्यक्षमा माधब गैह्रे र हरिभक्त महासचिवमा भीष्म भण्डारी, सचिवमा सत्यप्रकाश कँडेल, कोषाध्यक्षमा प्रज्वल भट्टराई, समाजिक एवं सांस्कृतिक संयोजकमा अन्जना बस्नेत, पब्लिक अफिसरमा हरिकृष्ण अधिकारी, युवा संयोजकमा मनोज आचार्य सहित एक्काइस सदस्सिय कार्य समितिको चयन भएको छ ।
नयाँ कार्य समितिमा अध्यक्ष र महासचिबका लागि निर्बाचन प्रक्रियाबाट र अन्य पदहरु सर्बसम्मत चयन भएका थिए । कार्यसमितिका सदस्य लागाएतका अन्य पदहरु निर्बाचित यस कार्यसमितिले नै चयन गर्ने गरि नवनिर्वाचित पदाधिकारीहरुलाई निर्वाचन समितिका संयोजक सुरेन्द्र सिग्देलले पद तथा गोपनियताको सपथ खुवाएका थिए।
यसै बिच सोहि अबसर परेर  एनएडिएफले आयोजना गरेको  ‘नेपालमा लोकतन्त्र र सम्बृद्दी’ बिषयक बिचार गोष्ठीमा नेपाली कांग्रेसका नेताहरु को उपस्थिति रहेको थियो। नेपालि कांग्रेसका नेताद्वय डा. नरायण खड्का तथा एन. पी. सावद, नेपाल किसन संघका केन्द्रिय अध्यक्ष भानु भक्त सिग्देल, नेपाल बिधार्थी  संघका पूर्ब महामन्त्री सरोज थापा र बरिष्ठ पत्रकारहरू हरिहर बिरही र कबिर राणा र महिला संघकी मन्जु खाँण लागाएतका व्यक्तित्वहरु ले नवनिर्वाचित कार्य समितिलाई बधाई र शुभकामान दिदै नेपालको बर्तमान परिस्थिति, नेपालको लोकतन्त्र, नेपालीजनले देखेको सम्बृद्दीको सपनाका बारे आ-आफ्नो मन्तब्य राखेका थिए।  यसै गरि कार्यक्रममा नेपाली दुताबासको तर्फ बाट द्रुपदा सापकोटा, एनएसडब्लुका महावाणिज्यदूत दीपक खड्का, एनआरएनएनकी संरक्षक इन्द्रा वन, एनआरएनएन अष्ट्रेलियाका अध्यक्ष केशब कंडेल लगाएत बिभिन्न संघ संस्थाका प्रतिनिधिहरु ले नयाँ कार्यसमितिलाई बधाई दिदै अष्ट्रेलियाको नेपाली समुदायमा एनएडीएफले खेलेको भूमिकाको प्रसंसा गरेका थिए।
कार्यभार ग्रहण संगै द नेपाली टाईम्स अष्ट्रेलिया संगको छोटो कुराकानीमा नव निर्बाचित अध्यक्ष सुरेन्द्र सापकोटाले २२ बर्षको सक्रिय इतिहास रहेको र बिभिन्न समयमा नेपाल र अष्ट्रेलियाका सन्दर्भमा बैचारिक मन्थनको केन्द्र बिन्दुको रुपमा रहेर सामाजिक एबं परोपकारी संस्थाको रुपमा छुट्टै उचाइ बनाएको संस्थाको अध्यक्षमा निर्बाचित हुदै गर्दा गर्बको महशुस भएको बताए। आफुलाई यो भूमिकामा उचित मानेर जिम्मेवारी दिने सबै प्रति धन्यवाद व्यक्त गर्दै सापकोटाले आफ्नो कार्यकालमा  एनएडिएफ अझ प्रभाबकारी बनाउने, समुदायको हितको लागि यहाँका अन्य संघ-संस्थाहरु संगै हातेमाले गर्दै अगाडी बढ्ने बताए।