नारी निकुञ्ज अष्ट्रेलियाको उच्च शिक्षा सम्बन्धि जानकारीमुलका कार्यक्रम सम्पन्न 

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : शुक्रबार, माघ १७, २०७६
नारी निकुञ्ज अष्ट्रेलियाले गत जनवरी २५ का दिन सिड्नीमा “Women in Higher Degree Research”  बिषयमा एक दिने जानकारी मुलक कार्यक्रम सम्पन्न गरको छ । अष्ट्रेलियाका भिन्न-भिन्न युनिभर्सिटीहरु बाट भिन्न-भिन्न बिषयमा बिद्याबारिधि (PHD) गरेका चेलीहरु डा. बन्दिता मैनाली भुषाल, डा. मुना प्रधान र डा. बशुन्धरा भट्टराइ बक्ता रहेको उक्त कार्यक्रममा बक्ताहरु ले आफुले बिद्याबारिधि गर्ने क्रममा भोगेका दुख सुख र अनुभबहरु सबै सामु बाडेका थिए । कार्यक्रममा डा. बन्दिताले  उच्च शिक्षा र पीएचडी गर्ने चाहनेहरु लाई लक्षित गरि एक प्रस्तुति दिएकी थीइन भने अन्य बक्ताहरु ले  उपस्थितहरु बाट आएका प्रश्नहरु को उतर दिदै सहजीकरण गरेका थिए।
नारी निकुञ्ज अष्ट्रेलियाका संयोजिक सन्ध्या शाहको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा उपस्थित सबैलाई संयोजक शाहले धन्यवाद दिदै यस्ता कार्यकमहरु ले धेरै दिदि बैनीहरु उच्च शिक्षाको लागि मोटिभेटेड हुने कारण आजको कार्यक्रमको परिकल्पना गरिएको बताइन् । कार्यक्रममा देखिएको सबैको उत्साहाले भविष्यमा पनि यस्ता कार्यक्रमहरु आबश्यक रहेको निचोड निस्केकोले यस्ता कार्यक्रमहरु लाई निरन्तरता दिने बताईन् । नारी निकुञ्ज एनएसडब्लुकी संयोजक मोनी लिम्बुले संचालन गरेको उक्त कार्यक्रममा एनआरएनए कन्द्रिय संरक्षक इन्द्रा वन, ओसियाना महिला संयोजक जानकी पौडेल नारी निकुञ्जले आयोजना गरेको कार्यक्रमको प्रसंशा गर्दै निरन्तरताको लागि अनुरोध गरेका थिए। कार्यक्रममा नारी निकुञ्ज कार्यसमितिका बर्तमान एबम पुर्ब सदस्यहरु र पदाधिकारीहरु, एनआरएनए अष्ट्रेलियाका पदाधिकारीहरु लगाएत दिदि-बैनी, दाजु-भाइहरु को उपस्थिति थियो।