नाइफाको अधिबेशन सम्पन्न, अध्यक्षमा दामोदर रावल 

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : आइतवार, फाल्गुन ४, २०७६

हामी जाहाँ रहे पनि नेपाल, नेपालि र नेपाली समुदायको हितमा आफुले सक्ने सहयोग योगदान दिनुपर्छ भन्ने मान्यताका साथ सन् २०१४ मा स्थापित भइ बितेका पाँच बर्ष समुदायमा सकृय समाजिक एबं परोपकारी संस्था नेपलिज युथ फोरम अष्ट्रेलिया(नाइफा) को दोश्रो साधारण सभा तथा अधिबेशन सम्पन्न भएको छ ।

गत फेब्रोवरी १५ का दिन सिड्नीमा सम्पन्न उक्त अधिबेशनले दामोदर रावलको अध्यक्षतामा २५ सदस्यीय नयां कार्यसमितिको चयन समेत गरेको छ । कार्यसमितिका अन्य पदाधिकारीहरु मा उपाध्यक्षमा झलक गुरुङ, महासचिवमा मुगेन्द्र गौतम, सचिवमा राम रेग्मी, कोषाध्यक्षमा नम्रता शर्मा  रहेका छन भने संस्थाको प्रबक्ता र पब्लिक अफिसरमा क्रमश: शिब पौडेल र अजय गिरि रहेका छन् । यसै गरि संस्थाका कार्यसमिति सदस्यहरु मा समिर आचार्य, पदम अधिकारी, दिपक न्यौपाने, भुपेन शर्मा, बिकल्प घिमिरे, कलम खड्का, शशांक बस्याल, किशोर बिष्ट, प्रवेश अधिकारी, रमेश सोडारी, सुमन बुढाथोकी, सुवास लामिछाने, सुर्य न्यौपाने, नव किरण गौतम, भरतराज ढुँगाना, रन्जित घिमिरे, रोशनी श्रेष्ठ  र चन्द्र खत्री  सर्बसम्मत चयन भएका छन्।
संस्थाले आफ्नो संरक्षकहरुमा भरत देवकोटा, सागर अधिकारी र मुक्तिराम पोखरेल चयन गरेको छ भने सल्लाहाकारहरु मा दीपक जोशी, मनऋषि धिताल, स्वतन्त्र प्रताप शाह, युवराज भट्टराई र हेमराज भट्टलाई मनोनयन गरेको छ।
संस्थाको दोश्रो साधारणसभा ले आफुलाई संस्थाको अध्यक्ष जस्तो गरिमामय पदमा सर्वसम्मत चयन गरेकोमा नवनिर्बाचित अध्यक्ष दोमोदर रावलले संस्थाका अग्रजहरु र बर्तमान सबै सदस्य एबं शुभचिन्तकहरु मा हार्दिक आभर एबं धन्यवाद व्यक्त गरेका छन् । आफ्नो नेतृत्वको यस कार्य समितीले आउँदा दिनहरुमा अझै शशक्त रुपमा सामाजिक गतिबिधिहरु लाई प्रभावकारी ढँगले अगाढी बढाउने प्रतिबद्दता सहित बिगतमा जस्तै आफु र आफ्नो कार्यसमितिलाई सबैको साथ र सहयोगको लागि पनि सबै संग अनुरोध गरेका छन्।