नारी निकुञ्ज अष्ट्रेलियाले आफ्नो दशौँ बार्षिक उत्सब बिबिध कार्यक्रम सहित मनाउँदै

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : शनिबार, फाल्गुन १०, २०७६

एनआरएए अष्ट्रेलिया संगै यहाँको बिबिध सामाजिक एबं परोपकारी कार्यक्रममा संग संगै हातेमालो गर्दै आइरहेको  एनआरएए अष्ट्रेलियाको वुमन फोरोम नारी निकुञ्ज अष्ट्रेलियाले आफ्नो स्थापनाको दश बर्ष पुरा गरेको छ । नजिकिएको अन्तराष्ट्रिय नारी दिवस र संस्थाको १० औ बार्षिक उत्सब संगै मनाउन लागिएको एनआरएनए वुमन फोरमकी राष्ट्रिय संयोजक सन्ध्या शाहले जानकारी दिएकी छन् ।

स्थापनाको १० बर्षमा संस्थाले गरेका कामहरु र संस्था प्रति आबद्द रहेर स्वयम्सेवी भावले समर्पित सबै प्रति सम्मान प्रकट गर्दै सबैलाई समेट्दै बृहतर भेटघाट र उत्सवको रुपमा कार्यक्रम मनाइने पनि द नेपाली टाईम्स संगको कुराकानीमा संयोजक शाहले बताईन ।  कार्यक्रमलाई स्थानीय प्रतिभा र बिधार्थीहरुले बिबिध संस्कृतिक कार्यक्रमहरु मार्फत संगीतमय र रमाइलो गराउनेछ्न् भने १० बर्षमा संस्थाले गरेका बिबिध कार्यहरुलाई समेटेर बनाईएको वृतचित्र पनि उपस्थित माझ प्रस्तुत गरिनेछ।

गाला डिनर सहित आयोजना गरिएको यस कार्यक्रम आउने मार्च ७ शनिबार साँझ ५.३० देखि १० बजे सम्म क्रोडन पार्क स्थित कोरियन हलमा हुदैछ । गाला डिनरका लागि सहयोग स्वरूप प्रति व्यक्ति ५० डलर, बिधार्थीहरु का लागि ३५ डलर, यसै गरि १२ बर्ष मुनिका बालबालिकाको लागि ३० डलर र ५ बर्ष मुनिका को लागि निशुल्क: प्रवेशको ब्यबस्था गरिएको छ ।

कार्यक्रममा उपस्थिति भइ नारी निकुञ्ज अष्ट्रेलिया १० बर्ष इतिहासको यो रमाइलो क्षणमा सहभागी हुन नारी निकुञ्जले सबैमा अनुरोध गरेको छ ।  कार्यक्रम सम्बन्धि थप जानकारीका लागि सन्ध्या शाह-0415 790 834, मोनी लिम्बु-0402 128 405, समीक्षा अधिकारी- 0420 688 574 वा सुकृति भट्ट- 0410 775 212 लाई सम्पर्क गर्न अनुरोध गरिएको छ ।