अष्ट्रेलियामा रहका स्याङ्जालीहरु एकिकृत

पहिलो बार्षिक भेलाबाट दिपक क्षेत्री अध्यक्षमा चयन
-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : आइतवार, फाल्गुन १८, २०७६

अष्ट्रेलियामा रहेर ब्यबसाय,अध्यान, रोजगारी लगयात बिभिन्न पेशामा रहेका स्याङ्जालीहरु बिच आपसी भाइचारा, दुख सुखमा सहयोगी हात र समुदाय र देशका लागि बिबिध परोपकारी कार्यमा जोडिने उदेश्य सहित बिगत केहि महिना आगाडी गठन भइ बिबिध सामाजिक परोपकारी र संस्कृतिक कार्यक्रमहरुमा सक्रिय रही सकेको स्याङ्जा अष्ट्रेलिया सोसाईटीको तदर्थ समितिले औपचारिक रुपमा आफ्नो पहिलो बार्षिक भेला सम्पन्न गरेको छ । भेलाले सर्बसम्मत दिपक क्षेत्रीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
सोसाईटीका अन्य पदाधिकारीहरु मा उपाध्यक्ष: सितल गिरी, महासचिब: राम केसी, सचिब: बिशाल श्रेष्ठ, कोषाध्यक्ष: सृजना पाण्डे, स्पोर्ट्स कोअर्डिनेटर: राम न्यौपाने, प्रोग्राम कोअर्डिनेटर:शुवास रानाभाट, कल्चरल कोअर्डिनेटर: दिलीप अर्याल छन्।  यसै गरि कार्य समितिका सदस्यहरुमा सुमन रेग्मी, निरु केसी, सुजना राना, बिशाल राना, नरेश मल्ल, पदम अधिकारी, योगेन्द्र पौडेल, रमेश थापा, आशिषजंग थापा, राजन लम्साल, सन्तोष रेग्मी, नवराज लम्साल, सन्तोषकुमार खांड, उमेश पौडेल, बालकृष्ण लम्साल, बिष्णु अर्याल, दिपक न्यौपाने र पदम केसी रहेका छन् । सोसाईटीले फन्डरेज कोअर्डिनेटर, मेम्बरसिप कोअर्डिनेटर सहित थप पाँच जना सदस्यहरु पछि चयन गर्नेछ ।
सम्पन्न बार्षिक भेलाले सात सदस्य रहेको सल्लहाकार समितिको पनि चयन गरेको छ । सल्लाहकार समितिमा बिष्णु हमाल, महेन्द्र कुमार लम्साल, सिके भुषाल, डा. शम्सेर सिहं थापा, भुपेन केसी, सुमन शाही र श्याम कुमारी  तिवारी  रहेका छन् । संस्थाकोअध्यक्षको जिम्मेवारी लिए संगै दिपक क्षेत्रीलेअष्ट्रेलियामा रहेको नेपाली समुदायका संघ संस्थाहरु संग हातेमालो गर्दै आफुहरु पनि सामाजिक र परोपकारी कार्यहरुको हिस्सा बन्ने द नेपाली टाईम्स संगको कुराकानीमा बताए। क्षेत्रीले बार्षिक रुपमा तीज, नयाँ बर्ष जस्ता कार्यक्रमहरु नियमित रुपमा मनाउदै स्याङ्जा जिल्लाका लोक भाका र संस्कृतिहरुलाई जिबन्त राख्न सोसाइटी सबैको साथ सहयोग र सरसल्लाहले अगाडी बढ्ने बताए।