एनआरएनए अष्ट्रेलिया एनएसडब्लु राज्य समितिमा सल्लाहाकार चयन 

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : शनिबार, फाल्गुन २४, २०७६
एनआरएनए अष्ट्रेलिया एनएसडब्लु राज्य समितिको हालै बसेको बैठकले १५ सदस्य सल्लाहाकार समिति चयन गरेको छ । एनआरएनए अष्ट्रेलियाका उपाध्यक्ष एबं एनएसडब्लु राज्य समिति संयोजक देब गुरुङ्ग प्रस्ताबक र राज्य समितिका सचिब दिपक पाहरि समर्थक रहेको १५ सदस्य सल्लाहाकार समितिलाई कार्य समितिले सर्बसम्मत अनुमोदन गरेको थियो । गत फेब्रोवरि २९ मा एनएसडब्लु राज्य समितिको आयोजना भएको अभिभाबकहरु को बृहत बनभोज कार्यक्रममा सल्लाहाकार समिति नाम घोषणा गरिएको थियो।
सल्लहाकार समितिमा मेघ राज पौडेल, हिरा गिरि, सिताराम घिमिरे, राजेश केसी, श्याम पौडेल, प्रविन चौरसिया, अशोक थपलिया, कृष्ण गैरे, बिना पौडेल अधिकारी, भारत देबकोटा, सुजाता केसी, कुमारी गुरुङ, प्रेम शाह, यसै गरि डब्बोमा बसोबास गर्ने बिकेन्द्र अधिकारी र सेण्ट्रेल कोष्टमा बसोबास गर्ने देबी पौडेल हुनुहुन्छ।
एनआरएनए अष्ट्रेलियाका उपाध्यक्ष एबं एनएसडब्लु राज्य समिति संयोजक देब गुरुङ्गले द नेपाली टाईम्स अष्ट्रेलिया संगको कुराकानीमा एनएसडब्लु राज्य समितिलाई आबश्यक परेका बखत सल्लाह सुझाब लिन एनएसडब्लुमा रहेर बिभिन्न किसिमले सामुदयिक क्रियाकलपमा सक्रिय व्यक्तित्वहरु लाई चयन गरिएको र सल्लहाकार समितिको चयन संगै  एनएसडब्लु राज्य समिति अझै सक्रियताका साथ अगाडी बढ्ने बताउनु भयो।