‘नया’ ले रक्तदान कार्यक्रमको आयोजना गर्दै

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : बिहिबार, साउन १, २०७७
अष्ट्रेलियामा नेपाली युवाहरू माझ भाइचारा सम्बन्ध बढाउँदै उनीहरू लाई बिभिन्न माध्यमले जोड्दै आइरहेको नेप्लिज अष्ट्रेलियन युथ एसोसियसन (नया) ले कोभिड-१९ को महामारीमा बिबिध सामाजिक र परोपकारी कार्यहरु मा हात बढाउने क्रममा आउँदो अगस्त १५ शनिबारका दिन रक्तदान कार्यक्रमको आयोजना गर्दैछ।
लाइफ ब्लड परामाटा ( Life Blood Parramatta Donar Centre) 22 Oak St. Rosehill मा दिउसो १.३० देखि ३ बजे सम्म उक्त रक्तदान कार्यक्रमको आयोजना गरिएको ‘नया’का अध्यक्ष प्रकाश अर्यालले बताए । कोराना भाइरसको प्रकोपमा ‘नया’ अन्य परोपकारी कार्यमा सहभागिता जनाउदै आएको र यस्तो बेलामा ब्लड सेन्टरमा रगतको अभाब हुने कुरालाई मध्य नजर गरि संस्थाले रक्तदान कार्यक्रमको आयोजना गरेको पनि अर्यालले बताए।
तोकिएको समयको लागि मात्र निर्धारण गरिएको उक्त रक्तदान कार्यक्रममा निश्चित संख्याका रक्तदाताले मात्र रक्तदान गर्न मिल्ने कारण पनि इच्छुक रक्तदाताहरु ले संस्थाका पदाधिकारीहरु वा निजन चौलागाईलाई -0421 135 267 र प्रकाश अर्याललाई – 0401 516 290  मा सम्पर्क गर्न अनुरोध गरिएको छ ।