गुठि अष्ट्रेलियाको बार्षिक सभा सम्पन्न

अनुप महर्जनको अध्यक्षतामा नयाँ कार्य समिति गठन 
-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : बिहिबार, साउन १५, २०७७
नेवारी कला संस्कृतिको जगेर्ना गर्दै दोश्रो पुस्ता सम्म पुराउने उदेश्यका साथ स्थापित गुठि अष्ट्रेलियाको हालै सम्पन्न साधारण सभाले अनुप महर्जनको अध्यक्षतामा आउदो २ बर्षे कार्यकालको लागि सर्बसम्मत नयाँ कार्यसमिति पनि गठन गरेको छ ।  कार्यसमितिका अन्य पदाधिकारीहरुमा उपाध्यक्ष बिश्वास श्रेष्ठ, महासचिव अजय देशार, कोषध्यक्ष उमेश नापित छन् भने कार्य समिति सदस्यहरुमा कुन्दन ताम्राकार, नरेश अवाल, सुबिन श्रेष्ठ, जेनिश मास्के, प्रवेश डंगोल, बुकेश महर्जन, सुशिल सिंह, सुरज प्रधान, सबिन श्रेष्ठ, मोनिका श्रेष्ठ, शैलेश श्रेष्ठ, सिजन मान ताम्राकार र आषिश मान सिंह रहेका छन् ।
साधारण सभामा कार्यसमिति निर्बाचको जिम्मेवारी लिएका नेपाली आदिवासी जनजाति मंच अष्ट्रेलियाका अध्यक्ष अरुण तामाङ्ले सर्बसम्मत गठित नयाँ कार्यसमितिको घोषणा गर्दै कार्यकाल सफलताको शुभकामना व्यक्त गरेका  थिए । यसै गरि  निबर्तमान अध्यक्ष शिब श्रेष्ठले आफ्नो कार्यकालमा गुठी अष्ट्रेलियालाई सहयोग गर्ने सबै प्रति आभार व्यक्त गर्दै नयाँ कार्यसमितिलाई शुभकामाना व्यक्त गरेका थिए । संस्थाले स्थापना काल देखि नै नेवारी कला संस्कृति रहन सहन भाषा र खानाहरु अष्ट्रेलियामा जगेर्ना गर्दै यसको प्रचार प्रसार गर्ने र दोश्रो पुस्तामा यसको महत्व र आफ्नोपन पुराउन उल्लेखेनिय योगदान पुराउदै आएको छ जसको निरन्तरता स्वरुप चंगा महोत्सब, ई बेल विवाह, म्ह:पुजा संस्थाको बार्षिक कार्यक्रम भित्र पर्दै आइरहेका छन्।