नेपाली सोसाइटी अफ तास्मेनियामा नयाँ नेतृत्व 

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : मङ्लबार, साउन २०, २०७७
नेपालीहरु को बसाई बढ्दै गैरहेको अष्ट्रेलियाको तस्मेनिया राज्यमा रहको नेपालीहरु को संस्था नेपाली सोसाइटि अफ तास्मेनियाको हालै सम्पन्न बार्षिक साधारण सभाले बिगतका कार्यहरु को समिक्षा गर्दै आउने २०२० -२०२१ कार्यकालका लागि नयाँ कार्य समितिको चयन गरेको छ ।  निर्बाचित कार्य समितिको अध्यक्षमा अभिनाभ आचार्य  छन् भने नौ सदस्यीय नयाँ कार्यसमितिका अन्य पदाधिकारीहरु मा उपाध्यक्षमा मेघना राउत, सचिबमा प्रदिप पोख्रेल, कोषाध्यक्षमा संसार राज चिमौरिया एबं कार्यसमितिका सदस्यहरुमा सुरेन्द्र खरेल (सुबिन), गणेश सुबेदी, सुजन लामिछाने, पुर्णिमा श्रेष्ठ गोपाली, सुबाश सापकोटा रहेका छन् ।
नेपालीहरु को बढ्दो बसोबास संगै २०१२ मा स्थापित  नेपाली सोसाइटि अफ तास्मेनियाले  स्थापना संगै बिबिध सामाजिक एबं परोपकारी कार्यहरु मा सक्रिय संग्लन रहदै आएको छ।