2-killed-in-gulmi-fire-1-301x290गत ३० अप्रिल शनिबार गुल्मी जिल्लामा लागेको बिनाशकारी आगो लागीबाट भएको धन-जनको क्षतिमा पिडित परिबारलाई सहयोग पुराउने पबित्र उदेश्यले गुल्मी समाज अष्ट्रेलियाले अस्ट्रेलिया बाट सहयोग अभियान जारि गरेको छ । संस्थाको तर्फबाट भिम खरेलले दिएको जानकारी अनुसार गुल्मी जिल्ला अधिकारी सँग त्यहाँको बस्तुस्थिति बुझ्दा सबै भन्दा ठुलो समस्या पिडित परिवारलाई बसोबासको रहेको भन्ने जानकारी आएको छ ।  सोहि अनुसार समाजले यहाँबाट संकलित रकमबाट बडागाउका ७१ र नेटा गाउका १ गरी ७२ परिबारलाई प्रती परिबार २ बण्डलका दरले जस्ता पाता उपलब्ध गराउने निर्णय गरेको छ । उक्त सहयोग पिडित परिवार सम्म पुराउन नेपाली रुपैया रु ९ लाख २० हजार लाग्ने छ । हाल प्रभावित क्षेत्रमा सहयोग र आपतकालीन ब्यबस्थामा सक्रिय गुल्मी उधोग बाणिज्य सङघ सँग समन्वय गरी उक्त जस्ता पाता बितरण गरिने खरेलले बताउनु भयो ।

यसै बिच यति छोटो समयमा आफ्नो अनुरोधलाई स्वीकार गरि सहयोग गर्ने सबै सहयोगहरुलाई गुल्मी सामज अस्ट्रेलियाले हार्दिक धन्यबाद दिदै दैनिक रुपमा सहयोग दाताहरुको नाम सार्बजनिक गरेको छ ।  यस अभियानका अर्का सकृय युवा भिष्म भण्डारीका अनुसार यस सहयोग अभियनमा पुर्ब पश्चिम देखि महाकाली सम्मका र अस्ट्रेलियाका सबै शहरहरुमा बस्ने नेपाली दाजु भाई दिदी बैनीहरुबाट स्वत स्फुर्त रुपमा सहायोग आइरहेको छ । सहयोगको सबै बिबिरणहरु पारदर्शी तरिकाले रखिएको र सहयोग कार्यक्रम समाप्ति संगै यहाँका सबै मिडिया मार्फत र समाजको फेसबुक मार्फत समेत सबैलाई जानकारी गराइने पनि भण्डारीले बताए ।

यस सहयोग अभियानमा यदि तपाई पनि सानो ठुलो सहयोग गर्न इच्छुक हुनु हुन्छ भने सहयोग पठाउने वैंक विवरण यस प्रकार छ ।

BSB : 012372
A /C : Number- 216221603
A /C NAME : Gulmi Samaj Australia Inc.
Bank: ANZ

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार