अष्ट्रेलियन चलचित्रमा शरणार्थीको भुमिका निभाउँदै सरिना सैजु

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : बुधबार, भदौ १७, २०७७
२०१८ मा निर्माण भएर फिल्म फेस्टिभलका लागि एक शो सिड्नी र एक शो मेलबर्नमा स्क्रिनिंगका लागि चलचित्रहलमा पर्दर्शानी समेत भएको अष्ट्रेलियन फिल्म “सर्भाइभ ओर डाई” मा नेपाली बालिकाले उत्कृष्ट अभिनय सहित रोहिंगा शरणार्थीको भुमिका निभाएकी छन् । बाबा श्याम सैजु र आमा बिना श्रेष्ठकी सन्तान १३ बर्षीय सैजुकी छोरी सरिना सैजु हाल सिड्नीमा कक्षा ८ मा अध्यानरत छिन् ।
“सर्भाइभ ओर डाई” बिशेषत जलमार्गबाट गैरकानुनी रुपमा अष्ट्रेलिया आउने शरणर्थीहरु र तिनका जीवनमा घट्ने घटनाहरु का बिबिध पक्षहरु लाई समेटेर बनाइएको चलचित्र हो । चलचित्रमा सरिनाले बंगलादेश र बर्माका  सिमान्तकृत रोहिंगा समुदायको बालिकाको भुमिकामा अभिनय गरेकी बताइएको छ।
चलचित्रका अष्ट्रेलियन निर्देशक डेनियल ओकोडुवाले सरिनाले चलचित्रमा निक्कै राम्रो अभिनय गरेको बताए। निर्देशक डेनियलका अनुसार डुंगाबाट अष्ट्रेलिया छिर्ने क्रममा समुन्द्र मै बाबु-आमा मरेर टुहुरी बनेकी बच्चीको भुमिकामा सरिना छिन्। कोभिड-१९ का कारण केहि शोहरु हालमा पर्दर्शन भए पनि आहिले यो फिल्म अमेजन प्राइम मुभिजमा विश्वभर हेर्न सकिन्छ । पौडी, तेक्वान्दो, नेटबल, एथलेक्टिक्स जस्ता खेलहरु मन पराउने र खेल्ने सरिना नेपाली नृत्यमा राम्रो दखल राख्छिन् र  नेपाली समुदायमा हुने बिभिन्न कार्यक्रमहरु मा सक्रिय सहभागी हुने गर्छिन।