भिएफएमको तेश्रो साधारण सभा सम्पन्न 

सुमन ओलीको अध्यक्षतामा नयाँ कार्य समिति गठन 
-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : बुधबार, भदौ १७, २०७७
बिगत केहि बर्ष अगाडी देखि सिड्नीमा अध्यानरत नेपाली बिधार्थीहरु लाई शिपमुलक तालिम, सुरक्षित पौडी एबम वाटर सेफ्टी सुरक्षा देखि रोजगारीका बिबिध पक्षहरुमा मोटिभेसन गर्दै र सहयोग पुराउदै आइरहेको भिजन फर मोटिभेसन (भिएफएम) को तेश्रो साधारण सभा सम्पन्न भएको छ ।
अगस्त २२ मा सम्पन्न साधारण सभाले सुमन ओलीको अध्यक्षतामा नौ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ।  कार्यसमितिका  उपाध्यक्षमा आयुष रिजाल, सचिवमा सुस्मिता बुढाथोकी, कोषाध्यक्षमा रोशन खड्का, जनसम्पर्क अधिकारीमा युवराज रिजाल, मिडिया अफिसरमा सुमन पौडेल, परियोजना संयोजकमा कञ्चन शर्मा, सदस्य संयोजकमा पवित्रा न्यौपाने, सपोर्ट अफिसरमा निश्चल कुवँर तथा नेतृत्व निर्देशकमा रमेश श्रेष्ठ रहेका छन् ।