कोभिड-१९ का कारण ओसियाना नेपाली स्पोर्ट्स मीट स्थगित  

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : मङ्लबार, अशोज ६, २०७७
अष्ट्रेलिया र ओसियाना क्षेत्रका देशहरु मा रहेका नेपाली समुदायका खेल प्रति अभिरुचि राख्ने सबैलाई एकै ठाउँमा उपस्थित गराएर नेपाली मिनी अलोम्पिक कै झल्को दिने गरि अप्रिल १० देखि १३  सम्म संचालन लक्ष्य राखिएको ओसियाना नेपाली स्पोर्ट्स मीट कोभिड-१९ का कारण सरेर २०२० को डिसेम्बर २७ देखि ३० सम्म आयोजना गर्ने भनिएको थियो।  बर्तमान परिस्थितिलाई मध्यनजर राख्दै हालको स्थितिमा अष्ट्रेलियन सरकारको नियम र मापदण्डलाई पालाना गर्दै आर्को सूचना प्रकाशित नभए सम्मको लागि ओसियाना नेपाली स्पोर्ट्स मीट स्थगित गरिएको छ।
हालै आयोजक ओसियाना नेपाल स्पोर्ट्स मिटको तर्फ बाट डा. दुर्गा दत्त कंडेल र अष्ट्रेलिया नेपाल फ्रेन्डशिप सोसाइटीका तर्फ बाट खुस्बु न्यौपानेले एक संयुक्त प्रेस बिज्ञप्ति जारि गरि उक्त कुराको जानकारी गराएका छन्। यस्तो अप्रिय निर्णय गर्नु पर्दा आयोजकलाई दुख लागेको र यस बाट पर्न गएको असुविधा प्रति बिज्ञप्ति मार्फत क्षमायचना पनि गरिएको छ।
थप जनाकारी या कुनै पनि जिज्ञासाका लागि तल उल्लेखित व्यक्तिहरु संग सम्पर्क राख्न अनुरोध गरिएको छ।