मल्टी डायनामिक रियलस्टेटले साउथ अष्ट्रेलियाबाट पनि सेवा दिदै

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : मङ्लबार, कार्तिक ११, २०७७
नेपाली ब्यबसायीहरु को स्वामित्वमा संचालित मल्टी डायनामिक रियलस्टेटले आफ्नो सातौं शाखाको रुपमा हालै साउथ अष्ट्रेलियामा पनि आफ्नो सेवा बिस्तार गरेकाे छ । सिड्नीबाट सुरु भइ  सिड्नी मै भिन्न शाखाहरु त्यसै गरि मेलबर्न र क्यानबेरा लगाएतका शहरहरु बाट घर जग्गा खरिद बिक्रि एबं  घर भाडा सम्बन्धि सेवा पुराउदै आइरहेको मल्टी डायनामिक रियलस्टेटले यसैको निरन्तरता स्वरूप  साउथ अष्ट्रेलिया शाखाको सुरुवात भएको यसका निर्देशक मध्येका एक बिजय पौलले जानकारी दिए।  साउथ अष्ट्रेलिया भरि नै सेवा पुराउने उदेश्यले सुरु गरिएको यस कार्यलयबाट घर जग्गा खरिद एबं  घर भाडा सम्बन्धि कार्यको लागि रिजनल अफिसका  डाईरेक्टर सुजन अधिकारी लगाएतको टिमलाई सम्पर्क गर्न पनि  विजयले अनुरोध गरे।
अक्टोबर ११ का दिन साउथ अष्ट्रेलियाको पुर्व सभामुख रसेल वाट्लेले एक कार्यक्रम विच मल्टी डायनामिक साउथ अष्ट्रेलिया शाखाको एडिलेड कार्यालयको उद्घाटन गरेका थिए । उद्घाटन कार्यक्रममा साउथ अष्ट्रेलियाका लागि नेपाली वाणिज्यदुत दिपक धमला, मल्टी डायनामिकका निर्देशकहरु मेघराज पौडेल, विजय पौल, विष्णुप्रभात सापकोटा लगायत अन्य ब्यबसायीहरु को उपस्थिति रहेको थियो।