रिजर्भ बैंकले ब्याजदर ०.०१० प्रतिशतमा झार्यो

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : बिहिबार, कार्तिक २०, २०७७
अष्ट्रेलियाको केन्द्रिय बैंक रिजर्भ बैंक अफ अष्ट्रेलियाले आफ्नो साबिकको ब्याजदरमा ०.१५ प्रतिशतले कटौती गर्दै ०.१० प्रतिशत बनाएको छ । अहिलेको यो ब्याजदर अष्ट्रेलिया कै इतिहासको सबै भन्दा सस्तो ब्याज दर हो, कोभिड-१९ का कारण आर्थिक मन्दीको सामना गरिरहेको अष्ट्रेलियामा यो बर्ष मात्र तेश्रो पटक रिजर्भ बैंकले ब्याजडर घटाई सकेको छ।
बिभिन्न क्षेत्रमा कोरना भाइरसका कारण देखिएको ब्यापार र आय आर्जन क्षेत्रको गिरवाटलाई सरकारी स्तरबाट भएका बिबिध सहयोगहरु संगै आहिलेको यो प्याण्डेमिकको सहज सामाना गर्न यो न्यून ब्याजदरले सहयोग पुराउने बिश्वास लिएको  रिजर्भ बैंक अफ अष्ट्रेलियाले जनाएको छ।