अष्ट्रेलियन नेपाली फ्रेन्डशिप सोसाइटीमा नयाँ नेतृत्व 

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : बिहिबार, कार्तिक २०, २०७७

अष्ट्रेलियाको राजधानी क्यानबेरा र यसको वरपर रहेका नेपालीहरु बीच एकता एबं भाइचारा सहित नेपाल र नेपालीलाई यहाँको बहुसांस्कृतिक समुदायमा चिनाउने उदेश्यले १९८२ मा स्थापित भइ निरन्तर सामाजिक एबं परोपकारी कार्यमा सक्रिय अष्ट्रेलियन नेपाली फ्रेन्डशिप सोसाइटी (ANFS) मा  आगामी कार्यकाल २०२०-२०२२ का लागि नयाँ नेतृत्वको चयन भएको छ।

गत १७ अक्टोबरका दिन केहि पदहरु मा चुनाबी प्रकृया र अन्य पदहरु सर्बसम्मत चयन भएको नयाँ कार्यसमितिको अध्यक्षमा आदर्श जंग पाण्डे निर्बाचित हुनु भएको छ । यसै गरि उपाध्यक्षमा बिनोद घिमिरे, सचिबमा आशिष देबकोटा, कोषाध्यक्षमा युवराज पौडेल, सहसचिबमा अमृत पौडेल, पब्लिक अफिसरमा मीनु राना, युवा तथा बिधार्थी संयोजकमा नबिन पौडेल, संस्कृतिक संयोजकमा सबिना शर्मा थापा, भाषा संयोजकमा महता घिमिरे चापागाई, कार्यक्रम संयोजकमा जीबन कुमार घिमिरे, खेल संयोजकमा सुदिप दाहाल चयन हुनु भएको छ ।  कार्य समितिका सदस्यहरु मा बिबेक पौडेल, सुबर्ण कुवँर, प्रतिभा श्रेष्ठ र सोभिया भण्डारी चुनिनु भएको छ ।

कार्यसमितिमा अध्यक्ष, सहसचिब र भाषा संयोजक चुनाबी प्रकृया बाट चयन भएको थियो भने अन्य सबै पद हरु सर्बसम्मत चयन गरिएको थियो।