सिड्नीको अर्बनमा अभिभाबकहरुको बनभोज कार्यक्रम सम्पन्न 

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : मङ्लबार, मंसिर ९, २०७७
नेपालीहरु अत्यधिक बसोबास रहेको सिड्नीको अबर्न र यस क्षेत्रमा बसोबास गर्ने अभिभाबकहरु बिच दिपावलीको अवसर पारेर हालै बनभोज कार्यक्रम सम्पन्न भएको छ। अभिभाबकहरु बीच भेटघाट, बिबिध बिषय बस्तुमा अनुभब आदान प्रदान र बिबिध चाडपर्बहरु नेपालीपनले मनाउने अभिप्रायका साथ सक्रिय नेपाली अभिभावक समाज अर्बन कै आयोजनामा यस पटकको बनभोज कार्यक्रम आयोजना भएको थियो।
यसका साथै  नेपाली अभिभावक समाज अर्बनले यस बर्षको तिहार दिपावलीको अवसरमा देउसी भैलो खेलेर १८००  अष्ट्रेलियन डलर पनि संकलन गरेको छ, उक्त रकम अभिभाबकहरु बीच हुने बिभिन्न गतिबिधि र समाजका बिबिध कार्यक्रममा खर्च गरिने पनि अभिभावक समाजका अध्यक्ष शशि राईले जानकारी दिए। राइका अनुसार समाजले बिभिन्न अवसर पारेर अभिभाबकहरु लाई बिबिध कार्यक्रममा सरिक बनाउदै आइरहेको छ जुन भविष्यमा पनि निरन्तरता दिनेछ।  बनभोज कार्यक्रममा अर्बन नेपाली समाजका अध्यक्ष अशोक उप्रेती,  अर्बन नेपाली समाजका कार्यक्रम संयोजक बाबा एजुकेसनका निर्देशक रबिन्द्रकुमार शर्मा, एनआरएनए अष्ट्रेलियाका उपाध्यक्ष देब गुरुङ्ग, सामाजिक व्यक्तित्व दिनेश पोख्रेललागाएत ठुलो संख्यामा अभिभाबकहरु को उपस्थिति थियो।  उपस्थित सबैले नेपाली अभिभाबकहरु को अष्ट्रेलिया बसाइलाई उल्लासमय बनाउन समाजले खेलेको भूमिकाको सरहाना गर्दै निरन्तरताको लागि शुभकामना व्यक्त गरेका थिए।
(photo – Rabindra Sharma)