Gaireनेपालको दशक लामो द्वन्द्काल यो वा त्यो बहानामा राज्यपक्ष या विद्रोही पक्षबाट भएका अमानविय घटनाहरुबाट पत्रकार जगत पनि अछुतो छैन । यस क्रममा मारिएका, अङ्ग-भंग भएका र बेपत्ता पारिएका पत्रकारका बाल-बालिकालाई सहयोग पुराउने उदेश्यले सिड्नीमा एक फन्ड राइज डिनर सम्पन्न भएको छ । बिश्व प्रेस स्वतन्त्रता दिबसको अवसर परेर गत मे ७ तारिख शनिबारको साँझ सिड्नीको ग्रयानभिलमा सम्पन्न सो कार्यक्रममा पत्रकार जगत नेपालद्वारा निर्मित र निर्देशित वृतचित्र ” Hijacking for Democracy  ” समेत पर्दर्शानी गरिएको थियो ।

मिडियाकर्मीहरु नेपली समुदायका ब्यापारी, बिबिध संघ संस्थाका प्रतिनिधिहरु उपस्थित सो कार्यक्रममा बिशेष अतिथिको रुपमा नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देल र पूर्व अध्यक्ष समीरजंग शाह सहभागी हुनुहुन्थ्यो ।  कार्यक्रम सिड्नीबाट प्रकाशित मासिक पत्रिका नेपाल न्युज अस्ट्रेलियाले गरेको थियो । आयोजकको तर्फबाट माधब गैरेले दिएको जानकारी अनुसार कार्यक्रमबाट संकलित रकम द्वन्द्वपीडित पत्रकारका बाल-वालिकाका लागि शैक्षिक सामग्री लगाएत, शिक्षा क्षेत्रमा खर्च गरिनेछ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार