आठ सय कोभिड पिडित परिवारलाई एनएडिएफको सहयोग

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : शुक्रबार, पुस १०, २०७७
सिड्नी । अष्ट्रेलियामा रहेको पुरानो संस्था मध्येको एक नेप्लिज अष्ट्रेलियन डेमोक्रेटिक फोरम (एनएडिएफ)ले कोभिड महामारीको समयमा जन्मभुमि सम्झिएर प्रभाबकारी सहयोग गरेको छ । अतिआबश्यक सहयोग गर्नु पर्ने स्थान पहिचान गरि नेपालका बिभिन्न जिल्लामा, बिभिन्न चरणमा बितरण गरिएको उक्त राहत कार्यक्रम बारे जानकारी दिन आयोजित पत्रकार भेटघाटमा संस्थाको यो अभियानमा हातेमालो गर्ने अष्ट्रेलिया बस्ने सबै परोपकारी मनहरु लाई संस्थाका अध्यक्ष सुरेन्द्र सापकोटाले धन्यवाद व्यक्त गरेका थिए।
संस्थाले जारि गरेको प्रेस बिज्ञप्तिका अनुसार करिब २ महिना अगाडी  संस्थाका उपाध्यक्ष हरिभक्त अधिकारीको संयोजकत्वमा राहत समिति गठन गरिएको थियो भाइबर ग्रुप बाट आह्वान गरिएको सहयोग अभियानमा स्वत स्फुर्त संकलित सहयोगबाट  तराइ र पहाडका ५ जिल्लामा गरेर ८०९ घरपरिवारलाई आबश्यकता अनुसारका राहत बितरण गरि हाललाई सहयोग अभियान समाप्त भएको छ। संस्थाका अध्यक्ष  सुरेन्द्र सापकोटा र  मिडिया संयोजक प्रकाश हुमागाईले संयुक्त रुपमा जारि गरेको उक्त बिज्ञप्तिका अनुसार तराइका जिल्लामा राहत स्वरुप २५ किलो चामल, २ किलो दाल, आधा लिटर तेल, साबुन, नुन र मास्क बितरण गरिएको थियो भने पहाडी जिल्लामा ३० किलो चामल र दुइ किलो दाल प्रती घरपरिवार बितरण गरिएको थियो ।
राहत सामग्री बितरण अन्तर्गत गत कार्तिक २३/२४ र मंसीर २६ मा पर्सा जिल्लाको क्रमश: अलौमा १०५, सुगौलीमा ३८ र १२५ लक्ष्मीपुरमा २५८ दलित तथा विपन्न परिवारलाई,  मंसिर ४ मा रौतहटको गरूडामा १६० दलित तथा विपन्न परिवारलाई, पुष ५ गते सर्लाही जिल्लाको चन्द्रनगर मा ११५ दलित परिवारलाई प्रति घरपरिवार २५ किलो चामल, २ किलो दाल, आधा लिटर तेल, साबुन, नुन र मास्क वितरण गरिएको थियो।  यसैगरी कार्तिक २८ मा जाजरकोटको भेरी  नगरपालिका अन्तरगत खलंगाको गौरीखालीमा ५३ परिवार, कुटुमा ६ परिवार र पुन्याको स्याउली बजारमा ३३ घर परिवार सहित १०३ विपन्न तथा गरिव परिवारलाई, मंसीर २२ मा कालिकोटको राचुलीमा १३ घर परिवार र मंसीर २३ मा मान्म मा १५० परिवारलाई र   भेरी नगरपालिकाका १३ वटै वडा बाट लगत संकलन गरि रहात स्वरुप प्रति परिवार ३० किलो चामल र २ किलो दाल बितरण गरिएको थियो भने  प्रति परिवार ३० किलो चामल र २ किलो दाल बितरण गरिएको थियो । कोभिड महामारी कै बीच गत कालिकोटकै राचुलीमा मंसीर १३ गते भएको आगलागीबाट वास र गाँस गुमाएर कष्ट्कर जीवन निर्वाह गरिरहेका पिडित १३ परिवारलाई मंसीर २२ कै दिन प्रति परिवार २/२ वटा स्लिपिंग ब्याग, टेन्ट र २/२ हजार नगद सहयोग  समेत बितरण गरिएको थियो।  सहयोग बितरणका लागि नेपालबाट संस्थाको अनुरोधमा सहकार्यको लागि सहयोग गर्नु हुने बिरगंजका वरिष्ठ पत्रकार चन्द्र्किशोर, जाजरकोटका पत्रकार मित्र जनक केसी, कालिकोट निबासी नेपाल तरुण दलका महामन्त्री भुपेन्द्र शाही, नेपाली काङ्रेस तराइ मधेस बिभागका प्रमुख अजय चौरसिया  र स्थानीय जनप्रतीनिधीहरु प्रती  संस्थाले आभार व्यक्त गरेको छ। संस्थाको आनुरोधलाई स्वीकार गर्दै यस अभियानका लागि अष्ट्रेलियन डलर A$ १२,०३७  रकम संकलन भएको थियो भने राहत बितरणमा A$ ११,८६१ खर्च भएको संस्थाले जनाएको छ।