13680874_10153725237720777_5334999650543273120_nनेपालको मेडिकल क्षेत्रका धेरै बेथिति र भ्रष्टचारका बिरुद्द पटक-पटक शान्ति पूर्ण तरिकाले आबाज उठाउदै र अन्तिम अस्त्रको रुपमा पटक-पटक आमरण अनशन बसी सकेका डा. गोबिन्द के सी बिगत ५  दिन देखि आठौ पटक अनशनरत छन् । यो भन्दा अगाडी ७  पटक अनशन बसिसकेका भए पनि सरकार र सम्बन्धित निकायले माग पुरा गरिदिने सहमति पश्चात के सी ले आफ्नो अनशन तोडेका थिए ।

बिगत लामो समय देखि पछिल्ला सहमति पलना हुनु पर्ने र चिकित्सा क्षेत्रका नब माफियाहरुलाई हतोत्साहित गर्नु पर्ने, राष्ट्रसेवकहरु रास्ट्र हितमा लग्नु पर्ने लगायतका आबाज र माग सहित सबै निकायका ढक-ढकाउदा समेत केहि नभए पछि उनि फेरि आमरण अनशन बसेको जनाईएको छ । बिगतमा जस्तै उनको आन्दोलन र माग प्रति एक्यबद्दता जनाउन सिड्नीमा छोटो सूचना सहित एक कार्यक्रम गरिदै छ  । कार्यक्रम अभियन्ता मध्येका एक डा. घनश्याम चापागाईका अनुसार सामजिक संजाल, भेटघाट र कुराकानीमा धेरै नेपालीहरुले हामी भौगोलिक रुपमा टाढा भए पनि एक्यबद्दता जाहेर गर्न केहि गरौ भन्ने सल्लाह र सुझाब अनुसार यो कार्यक्रम गर्न लगिएको हो । उनका अनुसार  कार्यक्रममा सहभगीहरु बाटै सल्लाहा सुझाब लिएर दोश्रो चरणका केहि कार्यक्रम गर्ने या नगर्ने पनि निर्णय गरिने छ तै पनि उनको यो निस्वार्थ अभियानमा हामी सबैको निस्वार्थ समर्थन सधै रहने उनले बताए । अर्का अभियन्ता डिला खरेलका अनुसार बिगतमा जस्तै यो कार्यक्रम डा के सी प्रति हाम्रो सहानुभुति र एक्बद्द्ताको प्रतिक हो र यो स्वत: स्फुर्त आयोजना भएको कार्यक्रम हो ।
कार्यक्रम हुने समय, मिति र स्थान 
मिति : १६ जुलाई, २०१६
समय : दिनको ३:०० बजे देखि ५:०० बजे सम्म
स्थान : हाइड पार्क, सिड्नी सिटि
थप जानकारीका लागि डा घनश्याम चापागाई  0450 340 052  र डिला खरेल – 0434 392 347 लाई सम्पर्क गर्न सकिनेछ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार