pathibhara fund riseएनआरएनएअष्ट्रेलियाले विराटनगरमा निर्माण गर्न लागेको पाथीभरा जेष्ठ नागरिक श्रद्धाश्रमको सहयोगार्थ एनआरएनए एनएसडब्लुले एक फन्ड राइज डिनरको आयोजना गर्दैछ । २९ जुलाईको साँझ बाउमान हल ब्ल्याक टाउनमा आयोजना हुदै गरेको उक्त फन्ड राइज डिनरमा सहभागी भइ यो पुण्य कार्यको आफु पनि एक हिस्सा बनि दिनु हुनको लागि फन्ड राइज डिनर कार्यक्रमका सम्योजक निजन चौलागाईले सबै नेपाली दाजु भाई दिदि बैनिहरुलाई अनुरोध गर्नु भएको छ ।
हामीले गरेका बिबिध परोपकारी कार्यहरु मध्ये पाथीभरा जेष्ठ नागरिक श्रद्धाश्रम सिधै हामी अस्ट्रेलियाबासि सँग जोडिएको ठुलो परोपकारी आयोजना भएको कारण पनि यसलाई हामी सबैले हातेमालो गरेर सफल बनाउन एनआरएनए एनएसडब्लुको तर्फबाट उपाध्यक्ष दिनेश पोखरेलले अनुरोध गर्नु भएको छ ।
यस कार्यक्रम संबन्धि थप जानकारीका लागि निजन: 0421 135 267, मंजला: 0420 724 726,  कृष्ण: 0433 214 053, ज्ञानेन्द्र: 0413 434 882, महेश: 0434 044 285, सुनिता:  0466 619 576, जित जंग: 0430 984 957, राजन: 0413 216 017 लाई सम्पर्क गर्न अनुरोध गरिएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार