Blacktown nepali schoolब्ल्याकटाउन नेपाली समुदायले ब्ल्याकटाउन सेरोफेरोमा बसोबास गर्ने बालबालिका हरुलाई नेपाली भाषा तथा संस्कृतिलाइ बचाई राख्ने उद्दश्यले भाषा पाठसाला र नृत्य कक्षाहरु संचालन गरेको छ । गत जुलाई १७ का दिनदेखि सुरु गरिएको ‘सम्झना भाषा पाठसाला’ को उद्घाटन ब्ल्याक टाउन काउन्सिलका काउन्सिलर सुसाइ बेन्जामिनले गरेका थिए । प्रत्येक आइतबार दिन सेभेन हिल्स स्थित मिडोज पब्लिक स्कूलमा संचालन गरिने उक्त कक्षामा दिउसो दिउसो १ बजे देखि ३ बजे सम्म भाषा र नृत्य कक्षाहरु संचालन हुने कुरा बिएनसि प्रबक्ता दुर्गा बन्जाडेले नेपाली टाईम्स अस्ट्रेलियालाई बताए ।

उद्घाटनका दिन मै धेरै भन्दा धेरै समुदायका सदस्यहरुको उपस्थितिलाई उत्साहजनक भन्दै आऊँदा दिनहरुमा भाषा कक्षालाई अरु बिस्तार गरिने कुरा बिएनसिका अध्यक्ष कृष्ण निरौलाले बताए । बिएनसिले जनाए अनुसार भाषा कक्षा पण्डित हरिहर आचार्यले संचालन गर्नेछन् भने नृत्य प्रशिक्षणको जिम्मा रेश्मा अर्यालले लिएकी छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार