एनएडिएफमा २०१६-२०१८ का लागि कार्यसमिति चयन 

-- / प्रकाशित मिति : सोमवार, साउन ३१, २०७३
NADFकरिब एक दशक अगाडी बिबिध सामाजिक र परोपकारी कार्यमा आफुलाई सक्रिय गराउदै बिबिध बैचारिक बहसको चौतारीको रुपमा अस्ट्रेलियाको नेपाली समुदायमा स्थापित ‘नेप्लिज अष्ट्रेलियन डेमोक्रेटिक फोरम’ (एनएडिफ) ले संस्थाको नबौं अधिबेशन अन्तर्रगतको पहिलो कार्यक्रम अन्तर्गत नयाँ कार्यसमितिको चयन सम्पन्न गरेको छ । निर्बाचन समितीका तर्फबाट छबि सापकोटाले दिएको जानकारी अनुसार गत अगष्ट २० का दिन संस्थाका सदस्यहरु बिच संपन्न बन्द सत्रको कार्यक्रमबाट सर्बसम्मत आगामी २ बर्षे कार्यकालको लागि विवेक थापाको अध्यक्षतामा नयाँ कार्यसमिति गठन भएको छ । त्यसै गरि संस्थाका अन्य पदाधिकारीमा उपाध्यक्ष: सुरेन्द्र सापकोटा र पूर्णनाथ घिमिरेमहासचिब: माधब गैह्रेसचिब: इथान शाक्यकोषाध्यक्ष: सत्य प्रकाश कंडेलपब्लिक रिलेसन अफिसर: अर्जुन केसीयूवा संयोजक: रामजी बस्नेत चुनिएका छन् । त्यसैगरी सदस्यहरुमा नन्द गुरुङपरशुराम अधिकारीप्रकास जिसीजितेन्द्र सापकोटारमेश जोशीप्रकाश अर्यालरोहित खड्काउद्धब भट्टपूर्ण लिम्बु र प्रमिता शर्मा (खनाल) रहेका छन् । Biwek-Thapa
संस्थाका निबर्तमान महासचिब डा ज्ञानेन्द्र रेग्मीले एक प्रेस बक्तब्य जारि गरि निबर्तमान कार्यसमितिले आउने सेप्टेम्बरमा २४ मा हुने संस्थाको नबौ अधिबेसन तथा हस्तान्तरण समारोहमा नयाँ कार्यसमितिलाई कार्यभार सुम्पने जनाए । रेग्मीका अनुसार नयाँ कार्यसमिति चयनको उक्त कार्यक्रममा संस्थाका निबर्तमान अध्यक्ष बालचन्द्र भट्टराईले प्रजातान्त्रिक बिचारधाराका अगुवाई तथा बौद्धिक समुदायको सहभागिता रहेको यस संस्थाले गएको दिनहरुमा बैचारीक मन्थन गर्दै नेपाल र नेपालीका लागि उल्लेखनिय परोपकारी कार्य गर्दै आएको र आउने कार्यसमितिले पनि त्यसलाई निरन्तरता दिने बिश्वास ब्यक्त गरेका थिए ।
त्यस्तै 
नब निर्बाचित अध्यक्ष विवेक थापाले साथिहरुले गरीमामय संस्थाको जिम्मेवारी सर्बसम्मत रुपमा आफूलाई दिनुभएकोमा धन्यबाद व्यक्त गर्दै आफ्नो कार्यकालमा सामाजिक संघ संस्थासंग हातेमालो गर्दै बैचारिक बहसका कार्यक्रमहरु चाडै नै ल्याउने प्रतिबद्धता ब्यक्त गरेका थिए ।  
त्यस्तै डा रेग्मीका अनुसार संस्थाले गत २ बर्षमा सुनकोशीमा बाढी पहिरो जादा नेपाली रु ५ लाख, नेपालमा बिनाशाकाली भुकम्प जादा अस्ट्रेलियन डलर ५,००० सहयोग गर्नुको साथै सिडनीमा मेन्टल हेल्थ सम्बन्धि जनचेतना मुलक कार्यक्रमहरु तथा समसामयिक राजनैतिक बिषयहरुमा अन्तरक्रिया जस्ता गुणात्मकता कार्यक्रम संस्था सफल भएको छ